बुधबार, वैशाख १७, २०८२

बाढीका कारण टाँपुमा फसेका कैलालीका २ जनाको उद्दार

मेरोन्यूज २०७८ भदौ ११ गते ११:५४

काठमाडौं । बाढीका कारण टाँपुमा गएर फसेका २ जनाको शकुसल उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले कैलाली जिल्लाको गौरीगंगा नगरपालिकास्थित कचैनी बस्ने २२ वर्षीय राजाराम सापकोटा र १८ वर्षीय आरती सापकोटाको उद्धार गरेको हो ।

भदौ १० गते घाँस काट्न जान्छु भनि घरबाट हिडेका उनिहरु साँझ सम्म पनि घरमा नआए पछि आफन्तले खोजी गेर्ने क्रममा शिबगंगा नदीको बिच टापुमा फेलापारेपछि । उनिहरुले प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमाला कैलालीबाट खटिगएको प्रहरी टोलीले शिबगंगा नदी र झिलखोलाको बिच भागमा बाढी का कारण खोला तर्न नसकि खोला मै फसेको अवस्थामा उनिहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार उद्दार कार्यका लागि उद्दार सामाग्री सहित ईलाका प्रहरी कार्यालय मालाखेती कैलाली, सशस्त्र प्रहरी न.४३ रिर्जब गण बनबेहडा र नेपाली सेना समेतको थप संयुक्त टोलि खटि गई पेडल बोटद्वारा शुक्रबार उनिहरुको उद्धार सफल भएको हो ।

प्रतिक्रिया