मेसीको आगमनसँगै पिएसजी छाड्ने तयारीमा एमबाप्पे

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पिएसजी)का युवा स्टार केलियन एमबाप्पे रियल म्याड्रिड जाने निश्चित जस्तै भएका छन् । ट्रान्सफरलाई लिएर सहमतिको नजिक पुगेको पिएसजीले जनाएको छ ।
एमबाप्पेका लागि रियल १ सय ७० मिलियन युरो प्रस्ताव गरेको छ । यसअघि रियलले १ सय ६० मिलियन प्रस्ताव गरेको थियो । एमबाप्पेले पिएसजीलाई आफूलाई क्लब छाड्न अनुमति दिन गरेको आग्रहले गरेका थिए ।
पिएसजीसँग एमबाप्पेको करार सम्झौता एक वर्ष बाँकी छ । उनी अर्को समरसम्म ‘फ्री एजेन्ट’ हुने छन् । यदि, पिएसजीले एमबाप्पेबाट केही रकम प्राप्त गर्ने हो भने, यही बेला उचित मूल्यमा बेच्नु पर्ने हुन्छ । यस सिजनको समर ट्रान्सफर अगस्ट ३१ मा सकिँदै छ ।
पिएसजीको नयाँ प्रस्तावलाई एमबाप्पेले अस्वीकार गर्दै आएका छन् । पाँच सिजन पिएसजीमा बिताएका एमबाप्पे बार्सिलोनाबाट आएका लियोनल मेसीको आगमनपछि त्यति खुसी छैनन् ।
त्यसैले रियलले पिएसजीको चित्त बुझाएमा एमबाप्पे यसै सिजनमा रियल जाने बाटो खुल्नेछ । एजेन्सी
















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया