सोमबार, पुष १४, २०८२

तनहुँको दमौलीमा बेवारिसे शव फेला

मेरोन्यूज २०७८ भदौ १२ गते १०:२२

दमौली । तनहुँको दमौलीस्थित दुर्गा मन्दिर नजिकै बेवारिसे शव फेला परेको छ । व्यास नगरपालिका–३ स्थित मन्दिर नजिक आज पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ३५/३६ वर्ष उमेरका व्यक्तिको शव फेला परेको र नामथर, वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

मन्दिर नजिकैको प्रतीक्षालयमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव दमौली अस्पतालमा राखिएको छ ।

“मृतकको पहिचान खुलेको छैन, अनुसन्धान भइरहेको छ, पहिचान खुलाउन प्रहरीले प्रयास गरिरहेको छ”, उनले भने ।

प्रतिक्रिया