वर्षात जारी रहेकाले पूर्वतयारी पूर्णरुपमा गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षातका कारण गएको बाढी, पहिरो र डुवानबारे सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी बलका अधिकारी र प्रभावित चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग शनिबार बिहान जानकारी लिएका छन् ।
गृहमन्त्री खाणले प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुख (डिआइजी)हरूसँग बाढी, पहिरो र डुवानबारे जानकारी लिएका हुन् ।
गृहमन्त्री खाणले नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी माया भट्ट्रराई पंगेनी, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी वर्षातपछिको अवस्थाबारे जानकारी लिए ।
मन्त्री खाणले अहिलेसम्मको कामको प्रशंशा गर्दै अझै वर्षात जारी रहेकाले पूर्वतयारी पूर्णरुपमा गर्न निर्देशन दिए । ‘अहिलेसम्म तपाईहरुले राहत, उद्धार र अस्थायी बसोबासको व्यवस्था गर्न गरेको काम सराहनीय छ,’ मन्त्री खाणले भने, ‘अब पूर्वतयारी पति त्यो भन्दा राम्रो गतीशीलताका साथ गर्नुहोला ।’
उनले मानिसको जीवन रक्षा र विपत्तिलाई सहजतामा ल्याउन उपलब्ध स्रोत र साधनको उपयोग गरी कुनै कसुर बाँकी नराख्नसमेत निर्देशन दिए ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
प्रतिक्रिया