आजको राशिफलः यी राशि भएका व्यक्तिको दिन उत्तम छ

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको १३ गते आइतबार, भाद्र कृष्णपक्षको सप्तमी तिथि । आज रवि सप्तमी तथा गौरा सप्तमी रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
बोल्ड ब्यक्तित्व हुने छ । तर मनमा उदासिनता बढ्ने र चिन्ताले सताउने छ । आत्माबल बलियो हुने भएकाले परिस्थितिसँग जुध्न साहस भने प्राप्त हुने छ । पेशा तथा ब्यापार ब्यवसायमा आशातित सफलता र नतिजा प्राप्त नहुने भएकाले निराश नभई अघि बढ्नु पर्ने देखिन्छ ।
वृष
भाग्यको साथ नभएको जस्तो मनमा लागि रहने छ । रिस धेरै कडा हुने भएकाले यसलाई नियन्त्रण गर्न हरदम प्रयास गर्दा उपयुक्त हुने देखिन्छ । आफैले सृजना गरेका घर, घडेरी तथा बाहन बेच्नु पर्ने र त्यसबाट खर्च गर्नु पर्ने समय रहेकाले विचार गरेर मात्र अघि बढ्दा उपयुक्त हुने छ ।
मिथुन
ब्यक्तित्व बोल्ड खालको हुने छ । पेशागत जीवन भने सकारात्मक दिशामा रहने छ । मनमा अत्यन्त निराशा उत्पन्न हुने छ । मन उदास हुने भएकाले कर्मको जीवनमा पनि यसले जोश र जाँगरको अभाव सृजना गरिदिने छ । जीवनसाथिको साथ लिए काम गरेमा यसले सार्थकता पाउने छ । साझेदारीमा गरिएका कामहरुले सफलता दिने छन् ।
कर्कट
पेशागत जीवनमा भने सकारात्मक तथा स्थिर रहने नै देखिन्छ । दाम्पत्य जीवनमा मधुरताको कमि हुने छ जसले गर्दा मनमा उदासिनता थपिने छ । साझेदारीमा गरिएका कार्यहरुमा अवरोध आउने छन् । मनमा निरन्तर दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि भएको जस्तो ब्यक्तित्व देखा पर्ने छ ।
सिंह
भाग्यको बलियो साथ रहेको छ, जसले गर्दा अवरोधहरु र कठिनाईहरु समाधान गर्न साहस र आन्तरिक बुद्धि प्राप्त हुने छ । पेशागत जीवनमा स–सानो उतार चढाव आएता पनि औसतमा यो सकारात्मक दिशामा नै अघि बढ्ने छ । मनमा अत्याधिक दुविधा हुने भएकाले काम प्रति मन केन्द्रित हुन नसक्दा कार्य सफलतामा कमि आउने छ ।
कन्या
ब्यक्तित्वमा कमि आउने छ । बोलीको प्रभावमा कमि आउने भएकाले विचार गरेर मात्र बोल्नु होला । भाग्यहिनताको अनुभुति हुने भएकाले यसले कार्य सफलतामा असर पार्ने छ । पेशागत तथा ब्यावसायिक जीवनमा अवरोधहरु आउने छन् । आम्दानीको विषयलाई लिएर मनमा अन्योल र असन्तोष उत्पन्न हुन जाने छ ।
तुला
नेतृत्व क्षमतामा बृद्धि हुने छ । मनोबल उच्च रहने छ । आम्दानीमा थोरै भए पनि बृद्धि हुन पुग्ने छ । पेशागत जीवन भने थोरै अस्थिर हुन पुग्ने भएकाले सतर्कता अपनाउनु होला । जीवनसाथिको साथमा कामलाई अघि बढाएमा फाइदा हुने देखिन्छ भने जीवनसाथिको साथले लक्ष्य प्राप्तिमा सहयोग पुग्ने छ । साझेदारीमा गरिएका काममा पनि शुभता आउने छ ।
वृश्चिक
प्रतिष्पर्धी स्वाभाव हुने छ । छोटो यात्रा गर्नु पर्ने अवस्था देखिन्छ । पैतृक सम्पत्ति तथा आफुले सृजना गरेको धन सम्पत्तिबाट सुखको अवस्था सृजना हुने छ । ब्यक्तित्वमा भने गिरावट आउने छ । शरीर कमजोर हुने तथा रगतसँग सम्बन्धी विषयमा भने सतर्क रहनु होला । पेशागत जीवनमा भने चुनौतिहरु र विवाद देखा पर्न जाने छ ।
धनु
आर्थिक लेनदेनमा विचार गरेर मात्र कारोवार गर्नु होला । बोलीमा एक रुपता रहने छैन् । तुरुन्तै नरम र तुरुन्तै कडा खालको बोली हुने हुँदा दुविधात्मक स्वाभाव देखा पर्न जाने छ । मनमा अनावश्यक दुविधा र चिन्ता थपिने भएकाले मनोबलको अभाव देखिने छ । भाग्यको साथ रहनाले प्रतिकुलतासँग जुध्न शक्ति प्राप्त हुने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा कार्य सम्पन्न हुन मद्दत पुग्ने छ ।
मकर
प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले प्रतिकुल परिस्थितिमा पनि मनोबल कायम राख्न मद्दत पुग्ने छ । शत्रु पराजय हुने छन् । अनावश्यक शुरोपनामा भारी बृद्धि हुने भएकाले यसबारेमा भने सतर्क रहँदा उपयुक्त हुने छ । मनमा अलि निराशाको भाव भने पैदा भइरहने छ । दम्पत्ति एक अर्कामा समर्पित हुने स्वाभाव पैदा हुने भएता पनि विवाद पनि बढ्ने छ । पेशागत जीवनमा थप जोखिम उठाउनु पर्ने अवस्था आउँछ ।
कुम्भ
मेहनति र पराक्रमी स्वाभाव भने निरन्तर रहने छ । आम्दानीमा हुने केही बृद्धिले उत्साह ल्याउने छ । मन उदास हुने भएकाले उत्साह र उमङ्गको कमि हुन जाने छ । मन नियन्त्रण गर्न योग र ध्यानलाई पनि स्थान दिनु होला । पारीवारिक भरोसाबाट सम्पत्तिका विषयमा देखा परेका बिबादहरु समाधानतर्फ जाने छन् ।
मीन
पारिवारिक जीवनमा नेतृत्व गर्नु हुन्छ । धन सम्पत्तिमा बृद्धि हुन पुग्ने छ । पेशागत जीवनमा आँकलन नगरिएका समस्याहरु उत्पन्न हुन जाने भएकाले त्यसले अनावश्यक झमेलामा धकेलिदिने छ । पेशागत जीवन र ब्यावसायीक जीवनमा अवरोधहरु आउने छन् । कठिनाईसँग जुध्नु पर्ने समय भएकाले धैर्यतासहित पाइला चाल्नु होला ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८









एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
अमेरिकाको ‘डीभी लटरी’ योजना स्थगित
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया