छानबिन समितिले बुझायो महाकाली घटनाको प्रतिवेदन

काठमाडौँ । दार्चुलामा महाकाली नदी तर्दा तुइन चुँडिएर मृत्यु भएका जयसिंह धामी बेपत्ता भएको घटना र नवलपरासी (पश्चिम)मा भएको सवारी दुर्घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएका छ्ट्टाछुट्टै समितिले आज छानबिन प्रतिवेदन बुझाएका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा दुई संमितिका संयोजकहरूले छानबिन प्रतिवेदन बुझाएका हुन् ।
दार्चुलामा महाकाली तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी १५ साउनमा बेपत्ता भएका थिए । सो घटनाको छानबिन गर्न १७ साउनमा गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति बनाइएको थियो ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्न गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिए । ‘दुवै छानबिन समितिका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ,’ मन्त्री खाणले भने, ‘प्रतिवेदनको कार्यान्वयन प्रक्रिया थाल्न सचिवज्यूलाई निर्देशन दिन्छु ।’
उनले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै स्थलगत रूपमा पुगेर तयार पारिएको प्रतिवेदनने नागरिकमा विश्वास जगाउनेमा आफू आशावादी रहेको बताए । उनले शंवेदनशील विषयमा दुःखगरी बनाएको प्रतिवेदन आगामी दिनका लागि मार्गदर्शन बन्नेमा पनि आफू आशावादी रहेको बताए । प्रतिवेदनमा समेटिएका कतिपय सुझावलाई आत्मसाथ गरेर अगाडि बढ्न पर्ने भएमा त्यसका लागि मन्त्रालय तयार रहेको उनले बताए । मन्त्री खाणले त्यो प्रतिवेदन तत्कालै गृहसचिव पाण्डेलाई कार्यान्वयनका लागि हस्तान्तरण गरे ।
नवलपरासी (पश्चिम) मा मोटरसाइकलको ठक्करबाट इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको गत साउन २५ गते भएको मृत्युबारे छानबिन गर्न २९ साउनमा मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिका सदस्यहरूमा अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरी सदस्य थिए ।











सप्तरीका दुई स्थानीय तहका विद्यालयमा बिदा
पूर्वगृहमन्त्री लेखकले आज जाँचबुझ आयोगमा बयान दिने
प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारित गरेकाे विदेशी मुद्राको विनिमयदर
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया