दुई परिवारबीच झगडा हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ १६ गते १२:४६
काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिका १ मा दुई परिवारबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । झगडामा ६५ वर्षकी भाल्सैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको हो ।
स्थानीय यादव र जय यादव–श्रीदेव यादवको परिवारबीच झगडा भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । श्रीदेवले बाटोमा भैँसीको मल राखेको विषयमा झगडा भएको थियो ।
झगडामा जयकुमार यादव र श्रीदेव यादवले कुटपिट गर्दा भाल्सैरदेवीको मृत्यु भएको हो । आरोपी दुवै जना फरार भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।
मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।
सम्बन्धित
















तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया