रिर्टन अफ लोकेन्द्र
बेपत्ता भएका लोकेन्द्र ३३ वर्षपछि कसरी घर फर्किए ?

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीको फेसबुक पेजमा बुधबार पोस्ट गरियो– ‘३३ वर्षदेखि बेपत्ता व्यक्तिको उद्धार र पारिवारिक पुनर्मिलन’ । प्रहरीले तिनै लोकेन्द्रलाई आफ्नो परिवारसँग पुनर्मिलन गराए, जो ३३ वर्षदेखि वेपत्ता थिए ।
जीवितै भेट्ने आशा मारिसकेका परिवार ३३ वर्षपछि लोकेन्द्रलाई भेट्दा दंग छन् । प्रहरीको सक्रियतालाई देखेर उनका परिवार निकै खुशी छ ।
४५ सालमा मुग्लान पसेका थिए लोकेन्द्र ।
पञ्चायती ब्यवस्थाको अन्त्यतिर, २०४५ सालको कुरा हो, राजतन्त्रप्रति रुष्ट देखिने लोकेन्द्र जागीरको शिलशिलामा मुग्लान पसे ।
देशमा बसेर केही उपलब्धि हासिल गर्न नसकेपछि आर्थिक उपार्जन र परिवार सुखका लागि भन्दै भारतको सिम्लामा पुगेका उनी त्यसयता परिवारको सम्पर्कमा आएनन् ।
‘बुबा हराउँदा सायद म तीन, चार वर्षको थिए, धेरै कुरा त याद छैन तर आफन्त र घरपरिवारहरुको कुरा सुन्दा २०४५ सालमा बुवा भारतको सिम्ला जानु भएको थियो ।’–लोकेन्द्रका छोरा रामबहादुरले मेरोन्युजसँगको कुराकानीमा भने ।
बेखबर श्रीमानको खोजी गरिदिन प्रहरीमा उजुरी
भारतको सिम्ला जान्छु भनेर निस्किएका लोकेन्द्रको कुनै खबर नआएपछि उनको परिवार धेरै आत्तिए ।
घरमा ३/४ वर्षको छोरा, गर्भवती पत्नीलाई घर छाडेर हिडेका लोकेन्द्रको हप्तौंसम्म अत्तोपत्तो भएन । बेखबर श्रीमानको खोजी गरिदिन भन्दै लोकेन्द्रकी श्रीमतीले प्रहरीमा उजुरी पनि गरिन् ।
गर्भमा बच्चा बोकेर प्रहरी कार्यालयमा पटक–पटक धाएकी लोकेन्द्र पत्नी वर्षौंसम्म पनि बुढाको अत्तोपत्तो नलागेपछि निराश बनिन् ।
एक हप्ता, दुई हप्ता, तीन हप्ता गर्दागर्दै बर्षौ वित्यो तर लोकेन्द्रको कुनै खबर आएन । आफूलाई एक्लो महशुस गरी उनी लामो समयसम्म घरगृहस्थी गरेर बस्न सकिनन् ।
श्रीमानको खोजी गर्दागर्दै छोरो जन्मियो
आफूलाई एक्लो महशुश गरेकी लोकेन्द्रकी पत्नी एकैठाउँमा संघर्ष गरेर बस्न सकिनन् । गर्भवती अवस्थाकी उनलाई समाजबाट माया र स्नेह पाएको अनुभूति हुने सकेन ।
आफन्तहरुको घर चहारेर जीवन चलाउँदै आएकी उनको त्यहीबीचमा अर्को छोरो जन्मियो । दुइटा बच्चा र आफ्नो पेट पाल्न कहिले काका त कहिले मामाकोमा धाइन् ।
लोकेन्द्रका छोरा रामबहादुरले बाबु बेपत्ता भएपछिको परिवारको पीडा फेहरिस्त सुनाए । ‘बुबा वेपत्ता हुनुभएपछि हामीले जस्तो दुःख सायदै कसैले भाग्नु भएको होला । हामी आफ्नो पेट भर्नका लागि आफन्तको चाहार्नुपथ्र्यो ।’ रामबहादुरले भन्दै गए ।
आमाले भोगेको बेदनालाई सम्झिएर रामबहादुर भावुक बने । कति दिन भोकै बस्नु परेको र कति रात छानो बाहिर बिताएका दिनहरु उनलाई अहिले पनि ताजै लाग्छ । कयौं पीडाकाबीच पनि आफूहरुलाई आमाले गरेको माया पनि बिर्सन नसकिने छ रामबहादुरका लागि ।
लामो समय नफर्किएका लोकेन्द्रको खोजी गर्न उनी कहिल्यै थाकिनन् ।
कतै टुप्लुक्क आइपुग्छन् कि भनेर त कहिले चिठीपत्रको पखाईमा उनका कैंयौ दिनहरु बिते ।
भेडा चराएर दिन बित्न थाल्यो
श्रीमानको पत्ता लाग्छ कि भनी उनी प्रहरी कार्यालय पनि धाइरहिन् । हुर्किदै गएको जेठो छोरो पनि काम गर्न सक्ने भइसकेको थियो ।
लोकेन्द्रको परिवारको अवस्था देखेर एक जना दयालु भइदिँदा भेडा गोठालाको काम पाए रामबहादुरले । रामबहादुरलाई खानेबस्ने प्रबन्ध त मिल्यो तर आमा र भाइको अवस्था भने दयनीय नै रह्यो ।
आमाको दुःख देखेर सैह्य नभएपछि रामबहादुरले नै अर्को विवाह गर्न सल्लाह दिए । छोराको सल्लाहले नै उनी दोस्रो विवाह गर्न राजी भइन् । दोस्रो विवाह गरेपछि आमाले बहिनी जन्माइन् ।
वर्ष वित्दै गएपछि लोकेन्द्रलाई बिर्सनुको बिकल्प थिएन उनीहरुलाई । देशमा ठूलो द्वन्द्व भए । त्यही द्वन्द्वका क्रममा लोकेन्द्र मारिए कि भन्ने पनि परिवारले ठाने ।
अन्जान व्यक्तिले गराए पुनर्मिलन
भदौ ९ गते महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहको मोबाइलमा गृह मन्त्रालयबाट फोन आयो ।
लोकेन्द्र भनिने लोकुन डगौरा भारतमा फेला परेको जानकारी सिंहले गृहमन्त्रालयबाट पाए ।
भदौ ९ गते बेलुका ६ बजेतिर भारतको गयास्थित नेशनल हाइवेमा लोकेन्द्रलाई सन्दीप यादवले भेट्टाएका थिए ।
बाटोमा वेवारीसे अवस्थामा फेला परेका लोकेन्द्रलाई आफ्नै घरमा लगेर सोधपुछ गरेपछि सन्दीपले कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीसँग सम्पर्क गरे । सन्दीपकै सम्पर्कबाट कैलालीका एसपी अधिकारीले लोकेन्द्रसँग कुरा गरे ।

सन्दीपले लोकेन्द्रको नेपाल प्रहरीसँग ह्वाट्सअपमा भिडियो सम्बाद गराए । ‘सन्दिप यादव मार्फत सम्पर्क स्थापित भएपछि वाट्सउप मार्फत भिडियो संवाद गरेको र संवादमा लोकेन्द्रले आफ्नो घर कैलालीको मुनुवा बताएको एसपी अधिकारीले मेरोन्यूजसँग भने ।
सोही कुराकानीकाआधारमा उनको घर तथा आफन्त पत्ता लगाउन इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी परिचालन भयो ।
घर ठेगाना र आफन्त पत्ता लागेपछि लोकुनलाई भारतीय प्रहरी र सन्दीप यादवको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्सा हुँदै जिल्ला प्रहरी कर्यालय कैलालीमा ल्याइयो ।
भारतीय प्रहरी र सन्दिपको सहयोगमा नेपाल ल्याइएका लोकेन्द्रलाई एसपी अधिकारीले नै परिवारको साथ लगाए ।
आफ्नो बाबुसमेत नचिनेका रामबहादुरले ३३ वर्षपछि भेट्दा दंग परेका छन् ।
कबरमा प्रयोग गरिएको तस्बिर: नेपालसमयबाट

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>









आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया