सत्तारुढ गठबन्धन विखण्डकारी तत्व : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन विखण्डकारी तत्व भएको बताएका छन् । बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले विखण्डकारी गठबन्धनबाट लोकतन्त्रको रक्षा नहुने बताए । उनले गठबन्धनभित्र राष्ट्र विखण्डन गर्न चाहने तत्व रहेको बताए ।
उनले भने, ‘ गठबन्धनमा लोकतन्त्रविरुद्ध हतियार उठाएका तत्व छन् । राष्ट्र विखण्डन गर्न चाहने तत्व छन् । आफ्नो स्वार्थका लागि जे पनि गर्ने तत्व छन् । यस्ता तत्वबाट लोकतन्त्रको रक्षा हुँदैन ।’
ओलीले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गरिमा कायम राख्न नसकेको बताए । उनले भने, ‘सभामुखको गरिमा उहाँले कायम गर्नु भएको छैन । सभाखुका टेबलबाट षड्यन्त्र हुन्छ । उहाँले गठबन्धनको मतियारको रूपमा काम गर्नुभयो । हाम्रा साथीहरू धेरे ठाउँमा निस्कासनमा परेका छन् । तर, ह्वीप उल्लघंन गर्नेलाई हामीले कारवाही गर्दा यसरी अड्काइन्छ । यो धेरै ठाउँमा प्रकट भएको छ ।’
ओलीले छापामार शैली र धोकापूर्ण ढंगले मध्यरातमा अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएको आरोप लगाए । उनले मध्यरातमा अधिवेशन अन्त्य गरेर भोलिपल्ट बिहान अध्यादेश ल्याएको बताए । यस्तै ओलीले निर्वाचन आयोगप्रति कडा टिप्णी गरेका छन् ।
















उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया