सोमबार, चैत ३०, २०८२

एमसीसी पास गर्न हस्ताक्षर गर्नेको हात काट्छु : बनेपाका पूर्वमेयर श्रेष्ठ (भिडियोसहित)

मेरोन्यूज २०७८ भदौ २४ गते १६:२९

काठमाडौँ । बनेपा नगरपालिकाका पूर्व मेयर गणेशलाल श्रेष्ठले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न हस्ताक्षर गर्ने सबैको हात काट्ने बताएका छन् । नेकपा (माले)का नेतासमेत रहेका उनले बुधबार एमसीसी खोजीको माग गर्दै एमसीसी पास गर्न हस्ताक्षर गर्ने सबैको हाट काट्ने बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

‘देशलाई अफगानिस्तान जस्तो बनाउन र युवा पिढीको भविष्य अन्धकार बनाउन एमसीसी ल्याउन खोजिएको छ, तर जसले त्यो पास गर्न हस्ताक्षर गर्छ, त्यसको हात काटिने छ, भरैदेखि हामी घरघरमा खोज्छौ अनि सबैको हात काटिने छ,’ उनले पत्रकारहरूसँग बोल्दै भने, ‘७ सय ८३ जनाको हात काटिने छ, यदि यो एमसीसी पास भयो भने हात काट्ने तय छ, सबै नागरिकहरूले हतियार तयार पारेर बसेका छन् ।’

आफूहरूले शान्तिपूर्ण आन्दोलनबाट नै सांसद्हरूलाई चेत खुलाउन चाहेको समेत उनले बताए । ‘यो त उनीहरूको चेत खुल्ला भनेर मात्रै शान्तिपूर्ण ढंगबाट आन्दोलन गरेका हौँ, नत्र नेपालीहरूले खुँडा, तरवार र भाला बोक्न तयार हुने छ,’ श्रेष्ठले भने ।

भिडियोमा हेर्नुहोस्:-

प्रतिक्रिया