एमसीसी पास गर्न हस्ताक्षर गर्नेको हात काट्छु : बनेपाका पूर्वमेयर श्रेष्ठ (भिडियोसहित)
काठमाडौँ । बनेपा नगरपालिकाका पूर्व मेयर गणेशलाल श्रेष्ठले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न हस्ताक्षर गर्ने सबैको हात काट्ने बताएका छन् । नेकपा (माले)का नेतासमेत रहेका उनले बुधबार एमसीसी खोजीको माग गर्दै एमसीसी पास गर्न हस्ताक्षर गर्ने सबैको हाट काट्ने बताएका हुन् ।
‘देशलाई अफगानिस्तान जस्तो बनाउन र युवा पिढीको भविष्य अन्धकार बनाउन एमसीसी ल्याउन खोजिएको छ, तर जसले त्यो पास गर्न हस्ताक्षर गर्छ, त्यसको हात काटिने छ, भरैदेखि हामी घरघरमा खोज्छौ अनि सबैको हात काटिने छ,’ उनले पत्रकारहरूसँग बोल्दै भने, ‘७ सय ८३ जनाको हात काटिने छ, यदि यो एमसीसी पास भयो भने हात काट्ने तय छ, सबै नागरिकहरूले हतियार तयार पारेर बसेका छन् ।’
आफूहरूले शान्तिपूर्ण आन्दोलनबाट नै सांसद्हरूलाई चेत खुलाउन चाहेको समेत उनले बताए । ‘यो त उनीहरूको चेत खुल्ला भनेर मात्रै शान्तिपूर्ण ढंगबाट आन्दोलन गरेका हौँ, नत्र नेपालीहरूले खुँडा, तरवार र भाला बोक्न तयार हुने छ,’ श्रेष्ठले भने ।
भिडियोमा हेर्नुहोस्:-









विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
धनुषामा कारले ठक्कर दिँदा श्रीमतीकाे मृत्यु, श्रीमान घाइते
४० अंकले बढ्यो सेयर बजार, काराेबार कति ?
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
कांग्रेसले गरायो आयोगमा दल दर्ता
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया