माधव नेपालले भने– सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलायो

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै उनले नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको उल्लेख गरे ।
‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतबार काठमाडौंमा बिमोचन गर्दै कम्युनिष्ट पार्टीभित्र त्यही अहंकारवादविरुद्ध लडनुपर्ने बताए ।
उनले नेपालको कम्युनिष्ट पार्टी भित्र आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैरकम्युनिष्ट प्रवृत्ति मौलाउँदै आएको उल्लेख गर्दै त्यस्ता प्रवित्तिहरुलाई निस्तेज पारेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
कम्युनिस्ट पार्टीभित्रका गैरसर्वहारा वर्गीय चिन्तनलाई परास्त गरी जनताको मन जित्ने गरी सबै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले काम गर्न पर्ने नेता नेपालले बताए । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरुले ‘चुनावदेखि चुनावसम्म’ नभई ‘जनतादेखि जनतासम्म’को अभियान संचालन गर्नुपर्ने पनि बताए ।










टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
अफगानिस्तानमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ घाइते
सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया