माधव नेपालले भने– सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलायो

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै उनले नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको उल्लेख गरे ।
‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतबार काठमाडौंमा बिमोचन गर्दै कम्युनिष्ट पार्टीभित्र त्यही अहंकारवादविरुद्ध लडनुपर्ने बताए ।
उनले नेपालको कम्युनिष्ट पार्टी भित्र आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैरकम्युनिष्ट प्रवृत्ति मौलाउँदै आएको उल्लेख गर्दै त्यस्ता प्रवित्तिहरुलाई निस्तेज पारेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
कम्युनिस्ट पार्टीभित्रका गैरसर्वहारा वर्गीय चिन्तनलाई परास्त गरी जनताको मन जित्ने गरी सबै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले काम गर्न पर्ने नेता नेपालले बताए । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरुले ‘चुनावदेखि चुनावसम्म’ नभई ‘जनतादेखि जनतासम्म’को अभियान संचालन गर्नुपर्ने पनि बताए ।

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
आज २६३औँ सेना दिवस मनाइँदै
प्रतिक्रिया