आजको राशिफल : भाद्र ३० गते बुधबार

आज २०७८ साल भाद्र महिनाको ३० गते बुधबार, भाद्र शुक्लपक्षको नवमी तिथि । आज अदुःख नवमी व्रत रहेको छ ।
मेष
पारीवारिक जीवनमा मिलन र खुशीपूर्ण वातावरणको सृजना हुने छ । बोली प्रभावकारी र मधुर हुने छ । पेशागत जीवनमा भने उतार चढावको सामना गर्नु पर्ने छ । आम्दानीमा आउने गिरावटले आर्थिक व्यवस्थापनमा तनाव बढाउने छ ।
वृष
आत्माबल उच्च हुने छ । भाग्यको बलियो साथ रहेको छ । पेशागत जीवनमा प्रगति हुने छ । आफ्नो भूमिकाको अरुले कदर गर्ने छन् । आम्दानीमा पनि बृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरुमा भने समस्याहरु दखा पर्ने छन् ।
मिथुन
भाग्यको बलियो साथ रहेको छ । पेशागत जीवनमा महत्वपूर्ण जिम्मेबारी पाइने छ । मनोबल उच्च हुने भएकाले दृढ प्रकृतिको ब्यक्तित्व हुने छ । रिस भने अत्याधिक कडा खालको हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु होला । साझेदारी फलदायी रहने छ ।
कर्कट
रोजगारी तथा व्यवसायमा समस्याहरु देखा पर्न थाल्ने छन् भने साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । जसले गर्दा मनमा उदासिनता अझ बढाई दिने छ । मनमा निराशा भावले पिरोल्ने छ । सन्तानबाट पनि सुख प्राप्त हुने छैन् ।
सिंह
कमाउनु पर्छ भन्ने सोचमा तिब्रता आउने छ भने आम्दानीमा बृद्धि आउने छ । दाम्पत्य जीवनमा प्रेम बढ्ने छ । पेशाप्रति समर्पित हुने र मेहनतका साथ काम गर्न मन लाग्ने छ । साझेदारीमा गरिएका कामबाट फाइदा मिल्ने छ ।
कन्या
मनमा दुविधा र धेरै विचारहरु समानान्तर रुपमा आउने हुँदा अन्योलता बढि नै सृजना हुने छ । दाम्पत्य जीवनमा पनि झैझगडाको अवस्था आउने छ । पेशागत जीवनमा द्वन्दको अवस्थाबाट गज्रनु पर्ने छ । आम्दानीमा पनि केही कमि आउन जाँदा आर्थिक दबाब सृजना हुने छ ।
तुला
अध्ययन अध्यापन तथा बौद्धिक कार्यमा तिब्रता आउने छ । भित्रि बुद्धि सक्रिय हुने भएकाले बाहिरबाट हेर्दा चलाख ब्यक्तित्व बन्ने छ । दृढतामा पनि बृद्धि हुने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । राखिएका लक्ष्यहरु पुरा हुन भने कठिनाई हुने भए तापनि निरन्तर प्रयासरत रहनु होला ।
वृश्चिक
परिवारका सदस्यहरुले विश्वास गर्ने छन् । परिवारको साथले गर्दा सुख, शान्तिको अनुभुति हुन जाने छ । भाग्य बलियो भएकाले परिस्थिति अनुकुल बन्दै जाने देखिन्छ । सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक विचार बढि आउने भएकाले यसबाट जीवनको उर्जामा ह्रास आउने छ ।
धनु
मेहनत र पराक्रमी स्वाभावमा पनि कमि आउने छ । पेशागत जीवनमा बादबिबादहरु उत्पन्न हुने र त्यसमा अनावश्यक रुपमा सहभागि हुने चुनौति देखिन्छ । भाग्यको साथ नरहेकाले मेहनत धेरै गर्ने तर फल भने कम मात्र प्राप्त हुने छ ।
मकर
व्यक्तित्वमा दृढता आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पारीवारिक सदस्यहरुका बीचमा मिलन हुने छ । पेशागत क्षेत्रमा भने द्वन्द र झैझगडाको वातावरण देखा पर्ने छ, संयमित रहनु नै उपयुक्त हुने छ । आम्दानीमा कमि आउने हुँदा आर्थिक तनाव उत्पन्न हुने छ ।
कुम्भ
आम्दानीमा पनि बृद्धि हुन जाने छ । ब्यक्तित्वको प्रभाव बढ्न जाँदा सबैको साथ र समर्थन मिल्ने छ । पेशागत जीवनमा प्रगतिका लाभ प्राप्त हुने छ । जीवनसाथिको साथ लिएर काम गरेमा अझ प्रगतिको मात्रा बढ्ने छ । परिवारका सदस्यहरुले विश्वास गर्ने छन् ।
मीन
पेशागत जीवनमा उच्च करद प्राप्त हुने छ । अरुको विश्वास जित्न सक्ने भएकाले कार्य सफलता मिल्ने छ । प्रभावकारी बोली हुने हुँदा अरुको विश्वास जित्न सकिने छ । आम्दानीमा हुने बृद्धिले गर्दा आर्थिक मजबुदि बढाई दिने छ । साझेदारीका कामहरुमा भने समस्या देखिने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया