नून आयातको निर्णय उल्टिएसँगै साल्ट ट्रेडिङमा उत्साह

काठमाडौं । अघिल्लो सरकारले नुन आयातको विषयमा गरेको नीतिगत निर्णय उल्टिएसँगै साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा उत्साह छाएको छ ।
४८ वर्षअघि स्थापना भइ निरन्तर काम गर्दै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नुन आयात गर्ने कामलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निजी क्षेत्रलाई दिन खोजेको थियो ।
सरकारको यो कदमको चौतर्फी बिरोध भएपछि निर्णय प्रक्रिया धेरै अघि बढ्न सकेन । केही व्यापारिक समूहको स्वार्थले खेलेको भन्ने आरोप लाग्दै आएको छ ।
सरकार परिवर्तनसँगै अघिल्लो सरकारको निर्णय उल्टिएको छ । यो कुराको संकेत वर्तमान अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन मार्फत् गरिसकेका छन् ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशनका नायव महाप्रवन्धक व्रजेश झाले नेपालीहरुको महान पर्व बडा दशैँको उपलक्ष्यमा यसवर्ष पनि नुनसहित विभिन्न खाद्यान्नमा विशेष छुट दिने बताए ।
मन्त्रालयबाट पत्र आएपछि मात्रै सरकारले तोकेअनुसार नै नुनमा छुट दिने र अन्य खाद्यान्नमा कर्पोरेशनले सकेजति सहुलियत दिने बताउनुभयो । उनले कर्पोरेशनमा चिनीको स्टक नभएकोले यसको पनि तत्काल समस्या समाधान गरिने बताए ।
















कुवेतस्थित अमेरिकी दूतावासमा इरानी आक्रमण
Holi spreads message of national unity: President Thapa
3 days to HoR elections: Voter Education completed across the country
निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
प्रतिक्रिया