माओवादी महिलाहरुले ४ महिने अभियान चलाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले देशब्यापी रुपमा ४ महिने “बीज अभियान” संचालन गर्ने भएको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताको प्राप्तिको निम्ति बलिदान र संघर्ष गरेको अनेमसंघ (क्रान्तिकारी)ले देशव्यापी रुपमा “संविधान प्रदत्त महिला अधिकार कार्यान्वयन हाम्रो अभियान, एकताबद्ध महिला संगठन, सुदृढ विस्तार र महिला जागरण” भन्ने नाराका साथ (बिस्तार र महिला जागरण) अभियान संचालन गर्न लागेको संघकी अध्यक्ष अमृता थापाले जनकारी दिइन् ।
उनका अनुसार, संविधान कार्यान्वन संगै समाजबादको बीच रोप्ने लक्ष्यका साथ देशव्यापी रुपमा मंसीरसम्म गर्न लागिएकोे उक्त अभियान अशोज ४ गते ७५३ वटै पालिकामा माग पत्र पेश गरेर औपचारिक शुरुआत गर्न लागेको हो । संविधान, विधि पद्धति माथि प्रहार भई के.पी. वलीको प्रतिनिधिसभा विघटन विरुद्ध शसक्त रुपमा लागेका महिलाहरु प्रतिगमनको खतरा टरी नसकेको कुरा आम जनसमुदायसंगै लैजादै महिलाहरु सगठित र परिचालित भए मात्र महान् शहिदहरुले रगत बगाएर ल्याएको उपलब्धीको रक्षा गर्दै विकास गर्न सकिने धारणा अनेमसंघ (क्रान्तिकारी)को रहेको अध्यक्ष थापाले बताइन् ।
सोही अभियानको तयारीको क्रममा केन्द्रीय समितिको बैठक सम्पन्न पश्चात सवै प्रदेशको बैठक र जिल्लाका बैठकहरु सम्पन्न हुंदै तयारी पूरा भएको संघकी केन्द्रीय अध्यक्ष थापाले बताइन् । उक्त अभियानको लक्ष्य समाजमा भएका त्यो पनि आधारभूत रुपमै व्यवहारमा रहेका विकृति विसंगति हटाउंदै संविधानको कार्यान्वयन, महिलाहरुलाई राजनैतिक रुपमै जागरुक पारेर संगठित र नेतृत्व विकाश गर्ने र समानतामा आधारित समाज निर्माण रहेको छ ।
















‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया