नेकपा विप्लवको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक बस्दै छ । शुक्रबारदेखि तनहुको बन्दीपुरमा सुरु हुने बैठक एक सातासम्म चल्नेछ ।
बैठकमा महासचिव विप्लवले राजनीतिक र सांगठनिक प्रस्ताव पेश गर्नेछन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग गत फागुन २१ मा तीनबुँदे सहमति गर्दै शान्ति पूर्ण राजनीतिक बाटोमा नेकपा पार्टी आएको थियो । तर त्यसयता भएका सहमति कार्यान्वनय नभएको उसको आरोप छ ।
प्रवक्ता खडकवहादुर विश्वकर्मा प्रकाण्डका अनुसार, बन्दीपुरमा सुरु हुने बैठक झण्डै एक हप्ता चल्ने बैठकमा राजनीतिक र सांगठनिक प्रस्ताव पेश हुनेछ । बैठकमा सरकारसँग भएको सम्झौता र त्यसको कार्यान्वयनबारे छलफल हुने उनले बताए । यस्तै अहिलेको राजनीतिक परिस्थिति र अबको रणनीति तयार गरिने र देशको मूलभूत विषयमा पार्टीको आधिकारिक धारणा तय बताइएको छ ।
विप्लव नेतृत्वको नेकपामा अहिले ६५ सदस्यीय केन्द्रीय समिति छ । विप्लव समूहले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भनेर जनमत संग्रहको माग गर्दै आएको छ ।
















५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया