ऊर्जामन्त्रीलाई युएई सरकारको निम्तो : मन्त्रीसँग युएई राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएयी) का राजदूत सईद हम्दन अल–न्वाबी ले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरवारस्थित उर्जा मन्त्रालयमा भएको भेटमा नेपाल र युएयीबीच रहीआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको उर्जामन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
सो अवसरमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनुका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको जानकारी मन्त्री भुसालाई गराएका थिए । उनले आगामी नोभेम्बर १५–१८, २०२१ मा अबुधावीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा मन्त्री भुसाललाई सहभागी हुन युएयी सरकारको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए ।
जवाफमा मन्त्री भुसालले अबुधावीमा हुने सम्मेलनमा आफूलाई निमन्त्रणा गरेकोप्रति त्यहाँको सरकारलाई धन्यवाद दिएकी थिइन् ।
उनले सम्मेलनको सफलताको कामना गदैं आफ्नो सहभागिताबारे परराष्ट्र मन्त्रालयमार्फत जानकारी पठाउने बताइन् ।
राजदुतसागको भेटका क्रममा मन्त्री भुसालले रोजगारीका सिलसिलामा दुई लाखभन्दा बढी नेपाली युएयीमा रहेको र उनीहरूले सम्मानजनक सुविधा पाउने विश्वास व्यक्त गरिन् ।
कोभिड-१९ महामारीमा पनि त्यहाँ रहेका नेपालीलाई रेखदेख गरेको भन्दै मन्त्री भुसालले युएयी सरकारप्रति धन्यवाद व्यक्त गरेकी थिइन् ।
नेपालको ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको उल्लेख गर्दै भुसालले त्यहाँका इच्छुक लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह समेत गरिन् ।
भेटका अवसरमा ऊर्जा मन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीहरु पनि सहभागी थिए ।
















एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया