सभामुखको प्रस्तावः संसद विघटन प्रस्ताव संसदबाटै पास गरौं

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनको प्रस्ताव संसदबाटै पारित गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
शनिबार संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको विधायिकी खुलापन–लोकतन्त्र मेलालाई सम्बोधन गर्दै सभामुख सापकोटाले आवश्यक परे प्रतिनिधिसभाले प्रस्ताव पास गरेर मात्रै संसद विघटन गर्न पाउनुपर्ने व्यवस्था आवश्यक रहेको बताए ।
प्रतिनिधि सभाको विघटन प्रतिनिधिसभाले मात्रै गर्न सके सबैभन्दा लोकतान्त्रिक हुने उनको भनाइ थियो ।
यसो गरेमा सबैभन्दा वैज्ञानिक र जनताको सार्वभौमिक अधिकारको सम्मान हुने उनको भनाइ थियो ।
संसदलाई अझै प्रभावकारी बनाउनका लागि अहिलेकै गतिमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेको उनले बताए । संसदलाई प्रभावकारी बनाउन अझ बढी भूमिका खेल्ने उनले प्रतिवद्धता जनाए ।
त्यस्तै, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विधि र विधान बनाउने क्रममा आफुले गरेको योगदानको मुल्याङ्कन गर्ने अवस्था आएको बताए ।
सभा चलाउनेदेखि सांसदहरुले पालना गर्नुपर्ने नियमका बारेमा जिम्मेवार हुनुपर्ने भन्दै उनले इतिहासको कठघरामा आनन्दित हुने काम गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा विधायिकी खुलापनबारेको कार्यपत्र प्रस्तुत गरिएको थियो ।
सोही कार्यक्रममा बिधायन समितिका सभापति परशुराम मेघी गुरुङद्वारा लिखित नेपालमा कानूनको सामाजिक जाँच पुस्तक बिमोचन गरिएकोे थियो ।
















‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया