पदकमा मनोमानी : विश्वभर प्रशंसा पाएका डाक्टरको नाम हटाइयो

काठमाडौँ । मुस्ताङ जिल्लास्थित पोवाङ स्वास्थ्य चौकीमा ५ औँ तहमा हेल्थ असिस्टेन्ट (एचए)का रुपमा कार्यरत स्वास्थ्यकर्मी लाल बहादुर रोकायालाई २० साउनमा ९८४९…७६३ नम्बरबाट फोन आयो । उनका लागि त्यो नम्बर नौलो थियो । उनले केही समय कुरेर फोन उठाए । फोन उठाउनासाथ उताबाट आवाज आयो, ‘लालबहादुर जी नमस्कार, म बाबुराम घिमिरे, म स्वास्थ्य मन्त्रालयको उपसचिव ।’
लाल बहादुरले यताबाट जवाफ दिए ‘नमस्कार हजुर ।’ उनको शब्द टुंगिन पाउँदा नपाउँदै उताबाट आवाज दोहोरियो, ‘तपाईले यस्तो राम्रो काम गर्नु भएको छ, तपाईको कामबाट हामी खुसी छौँ, तपाईलाई योपाली विभुषण प्रदान गर्छौं हामी, यस्तै काम गर्दै जानु होला ।’
यो भनाईले लालबहादुर खुसी हुँदै कृतज्ञता ज्ञापन गरे । तर, उनको कृतज्ञता भने धेरैबेर टिकेन । आइतबार सरकारले विभुषण प्रदान गर्ने व्यक्तिहरूको सूची सार्वजनिक गरेसँगै लालबहादुरको खुसी खोसिएको छ ।
सरकारले उनलाई प्रदान गर्ने भनिएको विभुषण अर्कै व्यक्तिको नाम आएको छ । सरकारले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई विभुषण प्रदान गर्ने भनिएको थियो । तर, फ्रन्टलाइनमा खटिने राम्रा कर्मचारीभन्दा बढी हाम्रा मान्छे हेर्ने प्रचलनले राम्रा मान्छेहरु विभुषित हुन नसकेको कर्मचारीको भनाई छ ।
लाल बहादुर तिनै स्वास्थ्यकर्मी हुन् । जसले मुस्ताङ जिल्लामा कोरोनाविरुद्धको खोप पुर्याउन खोलाको बिचमा बसेर खोप तारेका थिए । कोरोनाको खोप स्वास्थ्य केन्द्रसम्म लैजान बाटो सहज नभएपछि उनी आफै खोलाको बिचमा बसेर खोप एक किनाराबाट अर्को किनारामा तारेका थिए ।
उनले कोरोनाको खोप सारेको भिडियो सवत्र भाइरल बनेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसले शेयर गरेका थिए । उनले भिडियो शेयर गर्दै भने, ‘स्वास्थ्यकर्मी जीवन रक्षाका लागि कति टाढासम्म पुगिरहेका छन्, धेरै ठाउँमा यी हिरोलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला ?’ योसँगै उनी विश्वभर चर्चित बनेका थिए ।
नाम सिफारिस गरेका थियौँ : उपसचिव घिमिरे
उनको नाम स्वास्थ्य मन्त्रालयले सिफसिर गरेको तर विभुषण समितिले नाम खारेज गरेको स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम घिमिरेले मेरोन्युजलाई बताए । ‘हामीले लालबहादुर जीको नाम सिफरिस गरेका थियौ,’ उनले भने, ‘तर विभुषण वितरण समितिले उहाँको नाम खारेज गरेको हो । हामीले उहाँलाई फ्रन्टलाइनमा खटिने होनाहार स्वास्थ्यकर्मीका रुपमा सूचीकृत गर्दै विभुषण प्रदान गर्न भन्दै सिफरिस गरेका थियौँ । तर, उहाँको नाम नआउँदा दुःखी छौँ ।’
उनको सिफारिसमा विभिन्न एनजिओ, आइएनजीओकर्मी र मन्त्रालयका सिफारिसकर्ताको प्रिय पात्रहरुले भूमिका खेलेपछि पदक खोसिएको हो । विभुषण सिफरिस समितिले लालबहादुर रोकायाको नाम हटाएर एनजिओकर्मी र स्वास्थ्य माफियाको नाम सिफरिस गरेको थियो ।
विभुषण सिफारिस समितिले कोरोना महामारीको बढ्दो संक्रमणबीच अक्सिजनमा कालोबजारी गर्ने शंकर अक्सिजन प्रालिका शंकर अग्रवालसहित विभिन्न एनजिओ, आइएनजिओकर्मीको नाम सिफारिस गरेको थियो । तर, चौतर्फी विरोध हुन थालेपछि उनीको नाम काटिएको छ ।
पदक पाउनेभित्र पनि विभिन्न व्यक्तिको पहिचान उचित ढंगबाट हुन नसकेको विभिन्न विश्लेषकहरुको भनाई छ । यो वर्षको विभुषण पाउने सूचीमा धेरै व्यक्तिहरु योग्न नभएको समेत विश्लेषकको भनाई छ । सरकारको बिजुली खपत गरेर महशुल नतिर्ने जगदम्बा स्टिलका सञ्चालक साहिल अग्रवाललाई विभुषण प्रदान गरेको छ ।
अग्रवालको स्वामित्व रहेको जगदम्बा स्टिलले २ अर्ब ५० करोड रुपैयाँ प्राधिकरणलाई बुझाउनु पर्ने छ । तर, उनी तत्कालीन उर्जा मन्त्री वर्षमान पुनमार्फत उक्त रकम मिनाह गर्ने सेटिङमा थिए । उनले अझै प्राधिकरणलाई उक्त महशुल बुझाएका छैनन् ।
संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूुाण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । प्रत्येक वर्ष सरकारले विभिन्न व्यक्तिहरुलाई विभुषण प्रदान गर्दै आएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया