आजको राशिफल : आश्विन ४ गते सोमबार

आज २०७८ साल आश्विन महिनाको ४ गते सोमबार, भाद्र शुक्लपक्षको पूर्णिमा तिथि । आज चेपांगहरुको चोनाम पर्व रहेको छ ।
मेष
कडा खालको बोली हुने हुँदा यसले आफैलाई असर गर्ने छ । पारीवारिक जीवनमा द्वन्द देखा पर्ने छ । मनमा हुने उदासिनताले गर्दा उत्साह र उमङ्गको कमि हुन जाने छ । जीवनमा प्राप्त भए गरेका उपलब्धिहरुका बारेमा मनमा खुशीको आभाष कम हुन जाने छ ।
वृष
मनमा दृढता आउने छ । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ । कडा शैलीको व्यक्तित्व बन्ने छ । प्रेममा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा प्रममय वातावरण तयार हुने छ । रिस धेरै हुन जाने छ । व्यापार, विजनेशमा आवद्धहरुलाई फाइद मिल्ने छ ।
मिथुन
पारीवारिक जीवनमा द्वन्द देखा पर्ने भएकाले संयमित रहनु होला । व्यक्तित्वमा दृढता बृद्धि हुने भएकाले उच्च शैलीको व्यक्तित्व हुने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । मनमा भने दुविधाका क्रमहरु एकपछि अर्काे गरि आउने छ ।
कर्कट
शारीरिक रुपमा थकान र कमजोरी देखिने छ । सञ्चित धनमा नोक्सानी हुने भएकाले संयमित रहनु होला । कमजोर खालको मनोबल बन्न जाने छ । साझेदारीमा गरिएका काममा विलम्ब तथा मनमुटावहरु देखा पर्ने छ ।
सिंह
पेशाप्रति समर्पित रही नतिजामुखि बनेर काम गर्न मन लाग्ने छ । साझेदारीमा गरिएका कामहरुमा भने वादविवादका क्रमहरु देखा पर्ने छन् । शारीरिक सुखको अभाव हुने छ । पेशागत जीवनमा उन्नतिका नतिजाहरु प्राप्त हुने छ ।
कन्या
मेहनत र पराक्रमी स्वाभावमा बृद्धि हुने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । भाग्य बलियो रहेकाले गर्न खोजेका कामहरु अनुकुल रहने छन् । मनोबल भने कमजोर बन्ने छ । साझेदारीमा गरिएका कामहरुमा उल्झनहरु देखा पर्ने छन् ।
तुला
काम र पेशा व्यवसायका प्रतिफलहरु परिवारप्रति समर्पित गर्न मन लाग्ने छ । पारीवारिक जीवनमा खुशीयाली वातावरण बन्ने छ । नरमखालको बोली हुने छ । व्यवस्थापकीय क्षमतामा कमि आउने छ । जसले गर्दा व्यवस्थापकीय भूमिका निर्वाह गरिरहेकाहरुको हकमा मूल्यांकनमा कमि आउने छ ।
वृश्चिक
मनमा सकारात्मक भन्दा नकारात्मक विचारहरुले स्थान लिने छ । भाग्यहिनताले गर्दा आँटेका कामहरु पुरा हुने छैनन् । संयमित भएर पाइला चाल्नु होला । निर्णय क्षमतामा कमि आउने छ । यसले अन्यौलता बढाउने छ ।
धनु
पारीवारिक जीवन शुभ रहने भए तापनि बोलीमा नरमपना ल्याउन नसके असमझदारी आउने छ । शारीरिक दुर्वलताले पेल्ने छ । मनमा दुविधाका क्रमहरु एकपछि अर्काे गरि आउने हुँदा निर्णय क्षमतामा कमि आउने छ । तर जति सुकै कठिन घडिमा पनि संघर्ष गर्ने दृढता भने मनमा आउने छ ।
मकर
मनमा आउने दृढताले आत्मबलमा बृद्धि गर्ने र अरुसँगको डिलमा सवल बनाउने छ । साझेदारीमा गरिएका कामहरुमा भने द्वन्द निम्त्याउने छ । जीवनसाथिको सल्लाहमा गरिने कामले लाभ दिने छ । आम्दानीका विषयहरुमा प्रतिवद्ध तरीकाले अघि बढ्न मन लाग्ने छ । दृढ खालको व्यक्तित्व हुँदाहुँदै परि रिस भने असाध्यै बढि हुन जाने भएकाले संयमित रहनु होला ।
कुम्भ
बोलीको प्रभावमा कमि आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा कमि आउने हुँदा अरुले पेल्ने छन् । बौद्धिक क्षमतामा बृद्धि हुने छ । पेशागत जीवनमा सोचे जस्तो उन्नति प्रगति हुने छैन् । पेशागत जीवनमा सहकर्मीहरुसँग जुधेर अघि बढ्नु पर्ने हुन्छ ।
मीन
आँटेका कामहरु पुरा हुने छ । भाग्य बलियो रहेको छ । आम्दानीमा केही बृद्धि हुने छ । पेशागत जीवनमा भने चुनौतिहरु देखा पर्ने वा अनावश्यक आरोप प्रत्यारोपहरु खेप्नु पर्ने भएकाले संयमित रहनु होला । बौद्धिक क्षेत्रमा आवद्धहरुको हकमा समय चुनौतिपूर्ण रहेको छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया