अन्तर्वार्ता
सवारी साधनमाथि कर थोपर्नु गलत : अध्यक्ष दुलाल (भिडियोसहित)

अटोमोबाइल्सको पूर्वी क्षेत्रका चर्चित व्यक्ति एवम् मोर्टस पार्ट पूर्जासँगै डुब्लिकेटस्को नेपालका लागि मुख्य बिक्रेताका रूपमा चिनिएका छन्, कृष्ण दुलाल । पछिल्लो समय होटल व्यवसायमा समेत देखिएका उनको नेपाल अटोमोबाइलस् डिलर्स एशोसिएसन (नाडा) को अध्यक्षको पदावधि सकिदै छ ।
उनले दशैँ तिहारपछि मंसिर वा ढिलामा पुसमा नाडाको अधिवेशन गर्ने योजना बुन्दै छन् । अटोमोबाइल व्यवसाय सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूलो संख्यामा रोजगारी प्रदान गर्ने व्यवसाय हो । यही संस्थाको नेतृत्व सम्हालिरहेका व्यवसायी एवम् नाडाका अध्यक्ष कृष्ण दुलालसँग मेरोन्युजकर्मी किरण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :
बजेटमा सवारी साधनको कर प्रणाली परिवर्तन भएर आयो यसमा नाडाको भनाई के छ ?
स्थायी रुपमा व्यापार-व्यवसाय गर्ने वातावरण बन्नु पर्छ । करका दरले व्यवसायीलाई मार्नु हुँदैन । उद्योग व्यवसायलाई सहज पार्ने काम बजेटले गरेको छ । तर, सवारी साधनमा कर, अन्तशुल्क बढाउने कार्य नराम्रो हो । अर्थमन्त्री जनार्दन शर्माले हामीसँग छलफल गर्नु भएन, पुरानोलाई निरन्तरता दिनका लागि होला ।
यातायातका साधन हरेक जनाताले चढ्न पाउनु पर्छ । सवारी साधन खरिदका लागि ९० प्रतिशतसम्म फाइनान्स सुविधा दिन नाडा अटो मोबाइल्स डिलर्स एशोसिएसनले माग गरेको थियो । १० प्रतिशत डाउन पेमेन्टमा कर्जा दिने व्यवस्था हुनु पर्छ ।
चालु आर्थिक वर्षका लागि हाम्रो मुख्य माग भनेको डाउन पेमेन्ट घटाउनु पर्छ । अनि जति अटो सेक्टरको लोन छ त्यसको ब्याज घटाउनु पर्यो भन्ने हो । अटो क्षेत्रमा लगानी भएको ऋणको किस्ता तिर्ने समयावधि थप गर्नु पर्ने माग हाम्रो छ । यसमा सरकारले प्रष्ट धारणा बनाएर सहजताको वातावरण निर्माण गरिदिनु पर्छ ।

अर्काेतिर कोरोना भाइरस महामारीको लकडाउनका कारण व्यवसायीहरू ठूलो समस्यामा परेका छन् । त्यसमा सरकारले सहज वातावरण निर्माण गर्नु पर्छ । मौद्रिक नीति कस्तो आउनु पर्छ भन्ने विषयमा एशोसिएसनले छलफल गरेर राष्ट्र बैंकलाई सुझावसमेत दिएको थियो । तर, हामीले राखेका सुझाव केही सम्बोधन हुन सकेन ।
सवारी साधनलाई विलासिताको रुपमा हेर्नु हुँदैन । यो आवश्यकताको सामाग्री हो । सार्वजनिक सवारी साधन सरकारले पूर्ण रुपमा लागु गर्नुपर्छ ।
अहिलेको सरकारले बजेट ल्याउनुअघि नाडासँग सल्लाह केही गरेन । सवारी साधनलाई विलासिताको रुपमा हेर्नु हुँदैन । यो आवश्यकताको सामाग्री हो । सार्वजनिक सवारी साधन सरकारले पूर्ण रुपमा लागु गर्नु पर्छ । व्यक्तिगत सवारी साधनको लागि प्रयोग हुने सवारी साधनलाई सहज वातावरण बनाए, न्युन स्तरकाले पनि सहज रुपमा प्रयोग गर्न सक्छन् । सरकारले बैंक तथा फाइनान्सलाई ऋणका लागि सहजताको वातावरण निर्माण गरिदिनु पर्छ ।
सवारी साधनमा बढी कर लगाउदा महंगो पर्छ । सरकारले बजेटमा बाटो निर्माण गर्नेलाई प्राथमिकता दिएको छ । उद्योगीको लागि नयाँ उद्योग सञ्चालनको बाटो खुलेको छ । यो राम्रो हो । तर, सवारी साधनको करमार्फत मूल्य बढाएकाले सर्वसाधारणलाई खरिद गर्न असहज भएको छ ।
एउटा सरकारले ल्याएको प्रणालीलाई अर्को सरकारले परिवर्तन गर्ने होइन । यसपालि नयाँ अर्थमन्त्रीले गरेको कार्यप्रति असन्तुष्ट भएर हामीले आफ्नो मागको लागि भेटेका छौँ । अर्थमन्त्रीले टाउको हल्लाउनु भएको छ । अब के हुन्छ हेरौँ ।
कोरोना महामारीले नेपालका अटोमोबाइल व्यवसाय अप्ठेरोमा परेको देखिन्छ । यस व्यवसायको पुनरुत्थानका लागि तपाईका केही नयाँ योजना छन् कि ?
केही समय गाह्रो बनायो, कोरोना र लकडाउनले । तर, पछिल्लो समयमा व्यवसायमा गाह्रो भएको छैन । कोरोना र लकडाउनले अरु व्यवसायमा रहनेलाई धेरै गाह्रो भएको सबैलाई थाहा छ । समयानुसार व्यवसाय क्रमशः सहज हुँदै जान थालेकाले अहिले बजारमा राम्रो हुँदैछ ।
अन्तर्राष्ट्रिय बजारमा आएका नयाँ बाइक, स्कुटी तथा कार नेपाली बजारमा ल्याउने कसरी भन्ने नै हाम्रो बजार पुर्नउत्थानको एउटा बाटो हो । नयाँ सामाग्रीलाई नेपाली सर्वसाधारणसम्म पुर्याउन सहयोग गर्ने काम अटो व्यवसायीको भएकाले व्यापारमा नयाँ उत्साह पैदा गर्ने काम सरकारले गर्न सक्नु पर्छ । सरकारले कर प्रणालीमा सहजता बनाएमा सहज हुन्थ्यो । हामीले सरकारले बनाउने नियममा बसेर व्यवसाय गर्ने हो ।
यो वर्ष दशैँ तिहार लक्षित नाडा प्रर्दशनी हुन्छ ?
लकडाउन पूरै खुलिसकेको अवस्था छैन । जिल्ला प्रशासन कार्यालयले धेरै भिडभाड गर्ने कार्यक्रम नगर्न निर्देशन गरिरहेको छ । नाडा अटो शोको लक्ष्य गाडी बिक्री गर्ने मात्र नभएर सुविधा, जानकारी दिने भएकाले करिब ५० हजार मान्छेहरूले प्रर्दशनीमा सहभागिता जनाउने हुन्थ्यो । भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले भनेकाले यसपटक नाडाको प्रर्दशनी बन्द गरिएको हो ।
कार्यालय खोलेका छौँ । यसबारेमा जान्नका लागि कार्यालय र भिजिवल माध्यमबाट जानकारी, जनचेतना, बैंक, सहकारीको काममा मध्यस्तकर्ताको रुपमा काम गरेका छौँ । सरकारको नियमानुसार धेरैको भिडभाडबाट बच्च यसपटक नाडा अटो शो नहुने कुरा तपाईहरूको अनलाइनबाट जानकारी गराउन चाहन्छु ।
अन्य देशको तुलनामा नेपालमा सवारी सधान मँहगो छ, यसलाई कम गर्न तपाईहरूले संस्थागत दबाब दिन नसक्नु भएको त होइन ?
सरकारले सार्वजनिक सवारी साधनमा लगानी गर्नु पर्छ । सरकारले करद्वारा राजस्व उठाएको छ । यसमा व्यापारीले कर खाएको होइन, सरकारले कर प्रणालीमा कटौती गरे सस्तो हुन्छ । भारतभन्दा नेपालमा सवारी साधनको मूल्य ४ गुणा बढी छ ।

सबैले बुझ्न आवश्यक छ कि, अन्तशुल्क, करका कारण सवारी साधन महंगो भएको हो । गाडीको मूल्य घटाउनमा सरकारकै हात छ, सर्वसाधारणले सरकारसँग कुरा गर्न अगाडि आए सवारी साधन प्रयोगमा सहज हुन्छ । सरकारले चाह्यो भने सवारी साधन सस्तो पर्छ ।
सरकारले सवारी साधनलाई विलासिताको साधनकोको रुपमा मात्रै लिन हुँदैन । यो अत्यावश्यक आवश्यकताको साधन पनि हो । कोरोना लकडाउनको बेला स्कु्टर, बाइकले एम्बुलेन्सको काम गरे । यसलाई सहज रुपमा प्रयोग गर्ने वातावरण सरकारले गरे । आवश्यकतानुसार सार्वजनिक सवारी साधनदेखि बाइक, स्कुटर, ट्याक्टर, जिप, कारका विभिन्न प्रकारको सवारी सधानहरू मानिसले प्रयोग गरिरहेकै हुन्छन् । साधारण काम गर्नेले पनि नियमित आम्दानी हुँदा, डाउन पेमेन्ट हटाउने हो भने सहजै निजी सवारी साधन खरिद गर्न सक्छन् । सरकारले करमा सहजपन ल्यायो भने सबैलाई सजिलो हुन्छ ।
निजी क्षेत्रले व्यापारसँगै सामाजिक उत्तरदायित्वका काम गरेका छन् । सुविधा दिने काम सरकारको हो । हामीले सवारी साधन विदेशबाट ल्याएर स्वदेशमा बिक्री गर्छौं, कर तिछौं । सरकारले सवारी साधन खरिदका लागि डाउनपेमेन्टमा सहज पार्नु पर्छ ।
मानिसहरूलाई लक्षित गर्दै सवारी साधन खरिदका लागि आकर्षित गर्न एशोसिएसनले केही योजना बनाएको छ कि ?
सबैका लागि चाहिने भनेकै करमा सहजपन हो । सरकारले तय गरेको करको दरअनुसार, अन्तर्राष्ट्रिय मूल्य र सरकारको नियमानुसार नाफा खानेबाहेक अरु थप बढी पैसा व्यापारीले लिँदैनन् । महंगो हुँदा व्यापारीले महंगोमा बेचेको आरोप लगाउँछन् । यो राम्रो होइन ।
नियम बनाउने सरकारले हो, कर लिने सरकारले हो, सहजीकरण गर्ने पनि सरकारले नै भएकाले आशा अपेक्षा सरकारप्रति हुन्छ ।
न्युन, मध्यम र उच्च मध्यमका लागि सवारी साधन खरिद गर्न व्यापारीले आकर्षित गर्न सक्दैन । सबै काम सरकारको हो । नाडाले प्रत्येक वर्ष नाडा सो गर्दा बैंक, सहकारी संस्था पनि मेलामा सहभागी हुने भएकाले न्युन, मध्यम र उच्च तहका व्यक्तिले आवश्यकतानुसार बुझ्न सक्छन्, सवारी साधन खरिद गर्दा । कुनै चाडपर्वमा कार कम्पनीले राखेको सुविधा हामी व्यवसायीले दिनुबाहेक अरु आकर्षित गर्ने उपाय नै छैन ।
अटोमोबाइल्सको व्यापारका लागि सरकारसँग धेरै अपेक्षा मात्र किन राख्नुहुन्छ ?
नियम बनाउने सरकारले हो, कर लिने सरकारले हो, सहजीकरण गर्ने पनि सरकारले नै भएकाले आशा अपेक्षा सरकारप्रति हुन्छ । व्यापारका लागि सरकारले सहज यसरी पार्न सक्छ कि ? स्थान, समूह र क्षेत्रानुसार सवारी साधनको आवश्यकता हुने भएकाले कानुनदेखि सबै क्षेत्रमा सहजीकरण गर्ने काम सरकारको हो ।
यस्तै, व्यापारीले सवारी साधनको खरिदबिक्री गर्ने काम गर्छ । कर तिर्छ । तर सडक निर्माणदेखि विकाससम्मका लागि आवश्यक पर्ने सवारी साधनको प्रयोगमा जोड दिए सर्वसाधारणलाई सहज हुने भएकाले अपेक्षा सरकारप्रति हुनु नराम्रो होइन । सरकारसँग वार्तालाप र अपेक्षामा ध्यान जान्छ व्यवसायीको । यसका साथै उत्तरदायित्वको रुपमा काम गर्ने नाडाकै सदस्य हुन् भन्नुमा विवाद छैन ।
अटोमोबाइल सहजपूर्ण बनाउन सर्वसाधारणका लागि सरकारले के गर्ने र तपाईहरुको संस्थाले के गर्ने ?
स्थान, क्षेत्र र आवश्यकतामा जोड दिनुका साथै सवारी साधन चल्ने सडक निर्माणमा सरकार लाग्नु पर्छ । कर लिने बाटो सवारी साधन बिक्री, खरिदबाट आउने अन्तशुल्क मात्र नभएर उद्योगका विभिन्न क्षेत्र पनि भएकाले सरकारले ध्यान दिनुपर्छ ।

हामीले सरकारको नियमानुसार रही काठमाडौँमा मात्र नभएर प्रदेशदेखि स्थानीयस्तरमा सवारी साधन पुर्याउन अघि बढेका छौँ । विकासका लागि सवारी साधन, सवारी साधन गुड्न सडकको महत्व भएकाले सरकारले ध्यान दिनुको विकल्प छैन ।
तपाई नाडाको अध्यक्ष हुँदा कोरोनाको बीचमा समय सकियो, अब नयाँ नेतृत्व छान्न कहिले अधिवेशन गर्दै हुनुहुन्छ ?
कोरोना र लकडाउनका कारण दशैँको मुखमा गर्ने नाडा अटो शो बन्द गर्नु पर्यो । नाडाको कार्यकालको समय सकिएकाले गएको भदौँ २५ गते गर्ने भनिएको अधिवेशन, जिल्ला प्रशासन कार्यालयको नियमानुसार दशैँ तिहारपछि मंसिर वा ढिलामा पुसमा अधिवेशन गर्ने योजनामा हामी लागेका छौँ । केही दिनमा नाडाको बैठक बसी अधिवेशनको मिति निर्धारण हुने सबैमा जानकारी गराउँछु ।
म एउटा व्यापारिक संस्थाको अध्यक्ष भएकाले यहाँ आउने सबै व्यक्ति वन्ली वान नेशनल लेभल अर्गनाइजेशन अटोमोबाइल डिलर्सको हुन्छ । यसमा म अध्यक्षको मात्र प्रशंसा हुँदैन । सबैको उत्तिकै हात भएकाले मेरो कार्यकाल पूरा गर्नका लागि सहयोग गर्ने कार्य समितिका सम्पूर्ण पदाधिकारी, पूर्व पदाधिकारी एंव साधारण सदस्यलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।
तपाई अध्यक्ष कार्यकाल सकिएर बाहिरिएपछि नाडामा तपाईको कस्तो सहयोग रहने छ ?
म नाडा अध्यक्ष सकिएको मान्छे भए पनि नाडालाई आवश्यक परेको बेला चाहिने सहयोग सबै गर्छु । नाडामा प्रत्येक दुई दुई वर्षमा अधिवेशन हुने भएकाले नयाँ-नयाँले निर्णायक पदमा अवसर पाउनु हुन्छ । मैले पनि त्यसै गरी आएको हुनाले म पछिकालाई मेरोभन्दा ज्ञान बढी भएको, जान्ने नै आउँछन् ।
तर, सहयोग नाडालाई आवश्यकतानुसार दिने नै छु । मैले पनि मेरो व्यवसाय चलाउनु पर्ने भएकाले पहिलो प्राथमिकता मेरै व्यवसाय हुनेछ । तर पनि आफ्नो घर नाडाबाट अलग हुने छैन ।










काभ्रेमा थपिए पाँच हजार मतदाता
सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
काठमान्डु गोर्खाजले टस जित्यो, पहिले ब्याटिङ गर्दै जनकपुर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया