गुण एयरलाइन्सको नियमित उडान सुरु
मेरोन्यूज
२०७८ असोज ४ गते ८:२१

काठमाडौँ । गुण एयरलाइन्सले नियमित उडान सुरु गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै गुण एयरलाइन्सले यही असोज १ गतेबाट नियमित उडान सुरु गरेको जनाएको छ ।
गुणले पहिलो उडान काठमाडौँ–भरतपुर, दोस्रो उडान काठमाडौँ– पोखरा–काठमाडौँ गरेको गुण एयरलाइन्सका प्रवक्ता प्रजवल थापाले बताए ।
सन् २००९ मा स्थापना भएको गुण एयरलाइन्स फरि आफ्नै नामबाट सुरु गरेको हो । गुणले एमेरीकन विचक्राफ्टको १८ सिट क्षमताका दुई जहाजबाट उडान सुरु गरेको छ भने व्रितिस ३० सिट क्षमताको ५ जहाज खरिद गरी उडानको अनुमति प्रक्रियामा रहेको जनाएको छ ।
गुण एयरलाइन्ससँग हाल सातवटा जहाज रहेका छन् । आन्तरिक उडानमा विद्युतीय एयरकण्डिसन बस प्रयोग गर्ने गुण एयरलाइन्स पहिलो रहेको बताइएको छ ।

सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया