सांसद पदमुक्तिको रिट हेर्दाहेर्दैमा
मेरोन्यूज
२०७८ असोज ४ गते १६:४८

काठमाडौं । नयाँ पार्टीको मान्यता पाएका १४ जना संघीय सांसद र २ जना प्रदेश सांसदको पदमुक्तिको कारबाही सदर गर्न माग गर्दै दायर रिटको सुनुवाई हेर्दाहेर्दैमा रहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट कारबाही गरिएका १४ प्रतिनिधिसभा सदस्य र २ जना लुम्बिनी प्रदेश सदस्यलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
न्यायाधीश दीपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा रहेको हो । यो मुद्दामाथिको सुनुवाइ मंगलबार पनि जारी रहनेछ ।
ती सांसदहरुलाई निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित भई नेकपा एकीकृत समाजवादीको मान्यता दिइसकेको छ । एमालेले भने सोही विषयलाई लिएर प्रतिनिधिसभाको बैठकसमेत अवरोध गर्दै आएको छ ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया