सांसद पदमुक्तिको रिट हेर्दाहेर्दैमा
मेरोन्यूज
२०७८ असोज ४ गते १६:४८

काठमाडौं । नयाँ पार्टीको मान्यता पाएका १४ जना संघीय सांसद र २ जना प्रदेश सांसदको पदमुक्तिको कारबाही सदर गर्न माग गर्दै दायर रिटको सुनुवाई हेर्दाहेर्दैमा रहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट कारबाही गरिएका १४ प्रतिनिधिसभा सदस्य र २ जना लुम्बिनी प्रदेश सदस्यलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
न्यायाधीश दीपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा रहेको हो । यो मुद्दामाथिको सुनुवाइ मंगलबार पनि जारी रहनेछ ।
ती सांसदहरुलाई निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित भई नेकपा एकीकृत समाजवादीको मान्यता दिइसकेको छ । एमालेले भने सोही विषयलाई लिएर प्रतिनिधिसभाको बैठकसमेत अवरोध गर्दै आएको छ ।
सम्बन्धित
















स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया