आवासीय भवनमा आगलागी हुँदा पाँचको मृत्यु
मेरोन्यूज
२०७८ असोज ४ गते १९:५१

बेइजिङ् । चीनमा आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।
चीनको केन्द्रीय राजधानी बेइजिङ्मै रहेको एउटा घरमा आगलागी भएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
घटनास्थलबाट उद्धारकर्ताहरूले पाँच जनाको शव निकालिएको जनाएका छन् । आगलागी भएको थाहा पाउने वित्तिकै आफुहरू घटनास्थलमा पुगेको उद्धारकर्ताहरूको भनाइ छ ।
विद्युतीय साइकलमा चार्ज गर्नेक्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् । (एजेन्सी)
सम्बन्धित
प्रतिक्रिया