आजको राशिफल : आश्विन ५ गते मंगलबार

आज २०७८ साल आश्विन महिनाको ५ गते मंगलबार, आश्विन कृष्णपक्षको प्रतिपदा तिथि । आजदेखि सोह्रश्राद्ध शूरु भएको छ । आज प्रतिपदा श्राद्ध रहेको छ ।
मेष
बोलिको प्रभाव बढ्ने छ । आम्दानीमा पनि केही बृद्धि हुने छ । भाग्य बलियो रहेको छ । पेशागत जीवन स्थिर रहने छ । पेशाप्रति समर्पित काम गर्न लाग्ने छ । घर घडेरीसँग सम्बन्धि विषयमा भने नोक्सानी ब्योहर्नु पर्ने समय सक्रिय रहेको छ ।
वृष
अनावश्यक रुपमा रिसको मात्रा धेरै देखा पर्ने भएकाले यसलाई नियन्त्रण गर्ने प्रयास गर्नुहोला । पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छन् । आम्दानीमा पनि केही बृद्धि देखा पर्ने छ । मनमा उदासिनता र निराशाले घेर्ने भएकाले मन नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ । बोलीको प्रभाव भने बढ्ने छ ।
मिथुन
दाम्पत्य जीवनमा सुमधुरता र शितलामा देखा पर्ने छ । पेशागत जीवनमा सकारात्मक नतिजाहरु देखा पर्ने छ । धन सम्पत्ति नोक्सानीतर्फ जाने अवस्था देखिएकाले संयमित रहनु उपयुक्त हुने छ । पेशागत जीवन औसत रहने छ । बोलीको प्रभाव र व्यवस्थापकीय खुबीमा बृद्धि हुने छ ।
कर्कट
झैझगडाका क्रम बढ्न पुग्ने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ । मनमा दुविधाका क्रममा बृद्धि हुने छ । पेशागत जीवनमा पनि संयमित रहेर पाइला चाल्नु पर्ने समय रहेको छ । व्यक्तित्वमा दुविधा देखा पर्न जाँदा कमजोर मनोबलले भरिएको अवस्था आउने छ । पारीवारिक साथ र सहयोगले गर्दा परिस्थितिलाई सम्हालन मद्धत पुग्ने छ ।
सिंह
प्रेममा सफलता मिल्ने छ भने रोमाण्टिक प्रकृतिको स्वाभावमा पनि बृद्धि हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । व्यक्तित्वमा केही ह्रास देखा पर्ने भएता पनि बोलीको प्रभावका कारण आम्दानीमा केही बृद्धि नै हुन पुग्ने छ । घर घडेरी, वाहन जस्ता विषयमा द्वन्द देखा पर्ने छ । पेशागत जीवनमा औसत कदमहरु चाल्नु उपयुक्त हुने छ ।
कन्या
बोलीमा आउने प्रभावका कारण पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुन पुग्ने छ । आम्दानीको हकमा द्वन्दको सामना गर्नु पर्ने छ । ब्यवस्थापकीय खुवी तथा क्षमतामा बृद्धि हुन जाने छ । पेशागत जीवनमा खुबी बृद्धि हुने छ । पेशागत अवस्था स्थिर रहने छ ।
तुला
आम्दानीमा केही बृद्धि हुन पुग्ने छ भने पेशागत जीवनमा भने द्वन्दको अवस्थाबाट गज्रनु पर्ने भएकाले संयमित रहनु होला । बौद्धिकतामा बृद्धि हुने छ । बोलीमा तिक्तता देखा पर्ने भएकाले संयमित रहनु नै उपयुक्त हुने देखिन्छ । पेशागत जीवनमा यात्रारत रहनु पर्ने छ ।
वृश्चिक
आम्दानीमा पनि केही बृद्धि हुने छ । व्यवस्थापकीय क्षमतामा कमि आउने हुँदा यस विषयमा ध्या नदिनु होला । मनमा निराशाका भावहरु बढि आउने छन् । शितल प्रकृतिको व्यक्तित्व बन्ने छ । परिवारमा सुमधुरता छाउने छ । पेशागत जीवन स्थिर हुने छ । भाग्यको साथका कारण धन सम्पत्तिमा बृद्धि हुन पुग्ने छ ।
धनु
मनमा लागेका उदासिताका विषयहरु पनि अरुलाई साझा गर्ने भन्दा मन भित्रभित्रै गुम्साएर बस्ने व्यक्तित्व हुने छ । जीवनसाथिको साथमा काम गरेमा सकारात्मक नतिजाहरु प्राप्त हुने छन् । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पेशागत जीवनमा असन्तुलन देखिने भएकाले धैर्य भएर कदमहरु चाल्नु उपयुक्त हुने छ । मनोबल कमजोर भएको व्यक्तित्व बन्न जाने छ ।
मकर
साझेदारीमा गरिएका काममा कठिनाईहरुको सामना गर्नु पर्ने छ । दाम्पत्य जीवनमा कटुता आउने छ । जीवनसाथिलाई छोडेर विदेश यात्रामा जानु पर्ने अवस्था आउने छ । दृढताले भरिएको व्यक्तित्व बन्न जाने छ । पेशागत जीवनमा जबर्जस्ती अघि बढ्नु पर्ने समय सक्रिय रहेकाले नडराई पाइला चाल्नु पर्ने हुन सक्छ । आम्दानीमा कमि आउने छ ।
कुम्भ
आम्दानीमा केन्द्रीत हुन खोज्दा खोज्दै पनि द्वन्दको सामना गर्नु पर्ने देखिन्छ । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दको अवस्था आउने छ । पेशागत जीवनमा संयमित भई कदमहरु चाल्नु पर्ने समय रहेको छ । पेशागत जीवनमा प्रतिकुलताहरु देखा पर्न जाने भएकाले संयमित रहनु होला ।
मीन
भाग्यहिनताको आभाष मनमा भइरहने छ । आफुलाई असफलताको डरले धेरै सताउँदा नयाँ काम थालनी देखि नै निराशाले घेर्ने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । भित्रि बुद्धिको सक्रियताका कारण पेशागत जीवनमा केही मद्धत मिल्ने भएता पनि पेशागत जीवन जोखिमयुक्त नै रहने भएकाले संयमित रहनु होला ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया