४९ वर्षमा तेस्रोपटक क्यानडाका प्रधानमन्त्री बन्दै ट्रुडो

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो तेस्रोपटक प्रधानमन्त्री बन्ने भएका छन् । गत सोमबार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् ।
मतगणना जारी रहेकाले अहिले उनको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उनको पार्टीको जितसँगै उनी तेस्रोपटक प्रधानमन्त्री भन्ने भएका छन् ।
निर्वाचनमा उनको दल र उनी फेरि विजयी हुने पुर्वानुमान स्थानीय सञ्चार माध्यमले लेखेका छन् । उनी यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री रहँदै आएका छन् । त्यसपछि उनले पछिल्लो ६ वर्षमा अहिलेसम्म तीनपटक आम निर्वाचन जितेका थिए ।
अहिले ४९ वर्ष पुगेका ट्रुडो कुबेक शहरको पापीनोबाट सांसदमा निर्वाचित हुँदै आएका थिए । स्थानीय सञ्चार माध्यम सिबिसी र सिटिभी दुवैले लिबरल दलको सरकार बन्ने बताउँदै आएको छ ।
प्रधानमन्त्री ट्रुडोले आफू निर्वाचित भएको जानकारी दिँदै निर्वाचन अधिकृतको प्रशंसासहित धन्यवाद दिएका छन् ।
अहिले मतगणना भइरहँदा १४१ ठाउँमा उनको पार्टीको अग्रता रहेको छ भने विपक्षी दल कन्जरभेटिभ ९९ ठाउँमा अगाडि देखिएको छ ।
क्यानडामा अहिले ३३८ सिटका लागि निर्वाचन भएको हो । बहुमतका लागि कम्तीमा १७० ठाउँमा जित हासिल गर्नु पर्दछ ।
















स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया