संविधान निर्माण नगर्न जयशंकरले धम्की दिएका थिए : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान निर्माणको बेला भारतीय विशेष दूत बनेर आएका एस जयशंकरले नेपालका प्रधानमन्त्री देखि राजनीतिक दलका नेतालाई धम्काएको बताएका छन् ।
एमालेको विधान महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको आफ्नो राजनीतिक प्रतिवेदनमा ओलीले नाकावन्दी, प्रतिरोध र अभूतपूर्व राष्ट्रिय एकता उपशीर्षकमा भारतीय विशेष दूत बनेर आएकाले धम्काएको उल्लेख गरेका छन् ।
संविधान निर्माण हुँदैदेखि आफना सरोकार र चासोलाई ध्यान नदिएको भनी असन्तुष्टि प्रकट गदै आएको भारत सरकारले संविधान निर्माण भईसकेपछि जारी नगर्न प्रत्यक्ष दवाव र धम्की दिएको ओलीको प्रतिवेदनमा उल्लेख छ ।
म्धेस केन्द्रीत दलले संविधानप्रति असन्तुष्टि जनाईरहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालिन समयमा विदेश सचिव रहेका एश जयशंकरलाई विशेष दूत बनाएर नेपाल पठाएका थिए ।
एनले विमानस्थलवाट उत्रेर शुरुमै केपी ओलीको बालकोट स्थित निवासमा पुगेर राजनीतिक भेटघाट शुरु गरेका थिए । त्यसक्रममा उनले तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शुसिल कोइराला, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसाग भेट गरेका थिए ।
शीर्ष सवै नेतालाई ृनले प्रत्यक्ष रुपमानै संविधानमा आफुहरुको चासो सम्वोधन नभए आफुहरुलाई स्वीकार्य नहुने भन्दै धम्की दिएका थिए ।
उनले परिणाम नराम्रो हुने भन्द्र प्रत्यक्ष धम्की दिएपछि नेपालका नेताहरुले आक्रोश पोखेका थिए । भारतीय दवावका वीचमा पनि २०७२ असोज ३ मा नेपालमा संविधान जारी भएको थियो ।
मोदीले २०७२ असोज १ गते विशेष दूत बनाएर जयशंकरलाई नेपाल पठाएका थिए ।
ओलीले आफनो प्रतिवेदनमा लेखेका छन्,–भारतीय प्रतिनिधीले तत्कालिन प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई संविधान जारी नगर्न र आफनो सुझाव विपरित गरिएमा आफुहरुलाई स्वीकार्य नहुने एवं परिणाम नराम्रो हुने धम्की दिएर फर्किए ।’
ओलीले आफनो प्रतिवेदनमा अगाडी लेखेका छन्,–‘यो स्वतन्त्र मुलुकको सार्वभौम अधिकारमाथीको हस्तक्षेप थियो । जुन कुनै अर्थमा पनि स्वीकार्य थिएन । यसलाई चिदै नेपालको संविधान जारी भयो । त्यसपछि नेपालमा नाकावन्दी भयो ।’










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया