संविधान निर्माण नगर्न जयशंकरले धम्की दिएका थिए : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान निर्माणको बेला भारतीय विशेष दूत बनेर आएका एस जयशंकरले नेपालका प्रधानमन्त्री देखि राजनीतिक दलका नेतालाई धम्काएको बताएका छन् ।
एमालेको विधान महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको आफ्नो राजनीतिक प्रतिवेदनमा ओलीले नाकावन्दी, प्रतिरोध र अभूतपूर्व राष्ट्रिय एकता उपशीर्षकमा भारतीय विशेष दूत बनेर आएकाले धम्काएको उल्लेख गरेका छन् ।
संविधान निर्माण हुँदैदेखि आफना सरोकार र चासोलाई ध्यान नदिएको भनी असन्तुष्टि प्रकट गदै आएको भारत सरकारले संविधान निर्माण भईसकेपछि जारी नगर्न प्रत्यक्ष दवाव र धम्की दिएको ओलीको प्रतिवेदनमा उल्लेख छ ।
म्धेस केन्द्रीत दलले संविधानप्रति असन्तुष्टि जनाईरहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालिन समयमा विदेश सचिव रहेका एश जयशंकरलाई विशेष दूत बनाएर नेपाल पठाएका थिए ।
एनले विमानस्थलवाट उत्रेर शुरुमै केपी ओलीको बालकोट स्थित निवासमा पुगेर राजनीतिक भेटघाट शुरु गरेका थिए । त्यसक्रममा उनले तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शुसिल कोइराला, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसाग भेट गरेका थिए ।
शीर्ष सवै नेतालाई ृनले प्रत्यक्ष रुपमानै संविधानमा आफुहरुको चासो सम्वोधन नभए आफुहरुलाई स्वीकार्य नहुने भन्दै धम्की दिएका थिए ।
उनले परिणाम नराम्रो हुने भन्द्र प्रत्यक्ष धम्की दिएपछि नेपालका नेताहरुले आक्रोश पोखेका थिए । भारतीय दवावका वीचमा पनि २०७२ असोज ३ मा नेपालमा संविधान जारी भएको थियो ।
मोदीले २०७२ असोज १ गते विशेष दूत बनाएर जयशंकरलाई नेपाल पठाएका थिए ।
ओलीले आफनो प्रतिवेदनमा लेखेका छन्,–भारतीय प्रतिनिधीले तत्कालिन प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई संविधान जारी नगर्न र आफनो सुझाव विपरित गरिएमा आफुहरुलाई स्वीकार्य नहुने एवं परिणाम नराम्रो हुने धम्की दिएर फर्किए ।’
ओलीले आफनो प्रतिवेदनमा अगाडी लेखेका छन्,–‘यो स्वतन्त्र मुलुकको सार्वभौम अधिकारमाथीको हस्तक्षेप थियो । जुन कुनै अर्थमा पनि स्वीकार्य थिएन । यसलाई चिदै नेपालको संविधान जारी भयो । त्यसपछि नेपालमा नाकावन्दी भयो ।’
















स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया