सभामुखले राजीनामा नदिए बैठक चल्दैन : सांसद श्रेष्ठ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गरेका छन् । मंगलबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सभामुखको राजीनामा मागेका हुन् ।
बैठक सुरु हुनासाथ उठेर अवरोध गरेका एमालेका सांसदमध्ये सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिएको थिए । बैठकमा बोल्दै श्रेष्ठले आफ्नो पार्टीले दलको अनुशासन तोडेको भन्दै १४ जना सांसदलाई कारबाहीको सिफारिस गरे पनि पदमुक्त नगरेका सभामुख पदीय मर्यादालाई कायम गर्न नसकेको आरोपसमेत लगाए ।
उनले भने, ‘हामी सोध्न चाहन्छाैँ, कुनै पनि व्यक्ति आफ्नो कुर्सीमा बसेपछि मर्यादा उलंघन गर्न हुन्न, त्यो कुर्सीको गरिमालाई जोगाउनु पर्छ, यदि कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने त्यो कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने त्यस्तो व्यक्ति कुर्सीमा बस्न लायक हुँदैन, तत्काल निकास दिनुपर्छ, त्यो भनेको राजीनामा हो ।’
सांसद श्रेष्ठले गैर सांसदलाई सांसद भनेर संसदमा राख्दा संसदको र संविधानको रक्षा नहुने जिकिर गरे । उनले संविधानविपरीत आफ्नो दलले कारबाही गरेको १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेसम्म राष्ट्रियसभा चल्न नदिने स्पष्ट पारे ।
















स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया