नेकपा एसको बैठक : पार्टी विस्तारदेखि चुनाव चिह्नसम्म छलफल
अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश, तीन महिने कार्ययोजना, ५ समूहमा छलफल शुरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव नेपालले तीन महिने कार्ययोजना सहितको राजनीतिक प्रतिवेदन पेश गरेका छन् । एमालेसाग पार्टी विभाजन पछि पहिलो पटक काठमाडौंको वुद्दनगरस्थित क्वालिटी ब्याङकेटमा बसेको एकीकृत समाजवादीको पहिलो बैठकमा अध्यष नेपालले आफनो राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।
अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरिनसकेको यो पार्टी वैठकको अध्यक्षता स्वंम माधव नेपालले गरेका थिए भने सञ्चालन कार्यलय सचिव समेत रहेका नेता गंगालाल तुलाधरले गरेका थिए ।
वैठकमा नेपालले पार्टीको संगठन सुढीढीकरणको योजना देखि पार्टी संगठन परिचालन सम्माका विषय समेटेर प्रतिवेदन पेश गरेका छन् । ७ ओटा कार्यसूचि सहित शुरु बैठकमा थप भएका केन्द्रीय सदस्यहरुको सपथ ग्रहण समेत अध्यक्ष नेपालले गराएका थिए ।
नेपालले राजनीतिक प्रतिवेदन पेश गरेपछि केन्द्रीय समितिलाई ५ ओटा समुहमा विभाजन गरि समुह छलफल शुरु गरिएको छ । समुहमा हुने छलफल पछि भोलि नै समुहबाट आएका सुझाव राख्ने र निश्कर्ष निकाल्ने तयारी रहेको प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाले बताए ।
राजनीतिक प्रतिवेदन सार्वजनिक गर्ने, समसामयिक प्रस्ताव पारित गर्ने, केन्द्रीय कमिटी विस्तार गर्ने र कार्य विभाजन गर्नेसम्बन्धि एजेण्डा नकेपा एसको बैठकमा छ । बैठकमा पार्टी गतिविधिको समीक्षा, पार्टी विस्तार, चुनाव चिन्हलगायतबारे छलफल हुने छ ।
नेकपा एसले भूगोलका ७७ र गैह भौगोलिक ४ ओटा गरी ८१ ओटा जिल्ला संगठन, भूगोलका ७ र उपत्यकाको छुट्टै गरी आठ प्रदेशको संगठनात्मक संरचना निर्माण गर्ने गरी विधान बनाएको छ ।
















अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया