भारत जान प्रधानमन्त्री देउवाकाे हताराे

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमणको मिति घोषणा हुन बाँकी छ । तर, असोज १५ भित्रै उनी दक्षिणी छिमेकी मुलुक भारतको भ्रमणमा जाने भित्री तयारीमा जुटिसकेका छन् ।
हुन त नेपालका जो कोही प्रधानमन्त्री बने पनि अन्य देशभन्दा आफ्नै देशमा पहिलो भ्रमण गराउन भारत हतारिने गर्छ । कुनै ठोस ‘एजेण्डा’ नभए पनि नेपालका प्रधानमन्त्रीको सद्भावना भ्रमण भारतबाट गराउने भारतको भित्री चाहना सधै हुने गर्छ ।
तर, योपटक भारतले भन्दा प्रधानमन्त्री देउवाले दक्षिणी छिमेकी मुलुकको भ्रमणबाट आफ्नो औपचारिक विदेश भ्रमण शुरु गर्न हतारिएको बालुवाटार निकट स्रोतले बताएको छ । देउवाले सेप्टेम्बर अन्तिमसम्म भारत जाने तयारी थालेका छन् । त्यसका लागि उनी आफैले पहल लिन थालेका छन् । भारतले भने सेप्टेम्बरभन्दा अक्टोबरसम्ममा प्रधानमन्त्री देउवालाई भारतमा स्वागत गर्ने तयारी थालेको छ ।
सेक्टेम्बर महिना सकिन एक साता मात्रै बाँकी छ । तर, यति छोटो समयभित्रै देउवा आफै भारत जान किन हतारिदै छन् भन्ने विषयले कांग्रेसभित्र बहस सिर्जना गरेको छ । भारतीय राजदूत विनयमाेहन क्वात्रा यतिखेर दिल्लीमै छन् । उनी दिल्ली पुगेकाे १५ दिन बढी भइसक्दा पनि अझै फर्किएका छैनन् । उनको बसाइ जति लम्बिदैछ, उति नै प्रधानमन्त्री देउवाको भ्रमणको तयारीका लागि रहको बताएको छ ।
नेपालको लिम्पियाधुरासम्मको नक्साका विषयमा नेपालका प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका बेलामा कुरा गर्न सक्छन् ।
त्यस्तै, महाकाली नदीमा तुइन तर्दै गरेका जयसिंह धामी प्रकरणमा प्रधानमन्त्रीले भारत सरकारसँग कुरा गर्न सक्छ । सीमा क्षेत्रमा देखिएका समस्याहरू उठाउन सक्ने विषय छन् । त्यसका अतिरिक्त अन्य अर्थ राजनीतिका विषय पनि हुन सक्ने भइहाल्यो । तर, के प्रधानमन्त्री यही विषय उठाउन र भारत सरकारसँग एजेण्डा उठाउन भारत जान हतारिएका हुन् त ? तर त्यसो होइन ।
देउवाले भारत भ्रमणमा जान हतारिन खोज्नु भित्रको मक्सद खुलिसकेको छैन । तर, उनी पार्टीको आउने महाधिवेशनमा सभापति उठ्दै छन् । त्यसमा भारतको सहयोग होस् भन्ने देउवाको भित्री आकांक्षामा छन् । उनका प्रतिस्पर्धी सभापतिका उम्मेदवारहरूलाई भारतीय पक्षले ग्रिन सिंग्नल देखाएकोमा त्यसलाई क्रस गर्न उनी छिटोभन्दा छिटो भारत भ्रमणमा जान हतारिएका छन् ।
पार्टी महाधिवेशनमा केही समयपछि चापमा रहनुपर्ने भएकाले पनि देउवाले छिटै भारत भ्रमण गर्न चाहिरहेका छन् ।
















अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया