दश गतेदेखि दशैंकाे अग्रिम टिकट खुल्ने
मेरोन्यूज
२०७८ असोज ७ गते ७:५९

काठमाडौँ । दशैंमा अग्रिम टिकट खुला हुने भएकोछ । यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट खुलाउने भएको हो । विभागले अग्रिम टिकट बुकिङ खुलाउन बिहीबार नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघसँग छलफल गर्दैछ ।
विभागले काठमाडौँ दशैं तिहारमा काठमाडौँ उपत्यका छाडेर गाउँ फर्किनेलाई हरेक वर्ष अग्रिम टिकट खुलाउने गरेको छ । प्रत्येक वर्ष करीब २० लाखले काठमाडौं छाड्ने गरेको बताइएको छ । तर अघिल्लो वर्ष कोरोना भाइरस कोभिड १९ संक्रमणको त्रासका कारण टिकट काटेर ५ लाख मात्रै बाहिरिएको जनाइएको छ ।
कोभिड संक्रमणको त्रास कायमै रहेपनि यस वर्ष दशैंमा काठमाडौँ छाड्नेहरू गतवर्षको भन्दा बढी हुने अनुमान गरिएको छ । विभागले यसअघि भदौ १० गतेदेखि अग्रिम टिकट खुलाउने तयारी गरेको थियो । तर यातायात व्यवसायी महासंघले तत्काल अग्रिम टिकट खुलाउन आनाकानी गरेको थियो ।
सम्बन्धित
















तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
प्रतिक्रिया