सुनको मूल्य पाँच सयले घट्यो
मेरोन्यूज
२०७८ असोज ७ गते ११:३९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य पाँच सयले घटेको छ । बुधबार ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार तेजाबी सुन बुधबार प्रतितोला ८९ हजार ६५० मा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा आज प्रतितोला १० ले घटेको छ । चाँदी बुधबार प्रतितोला एक हजार १६५ मा कारोबार भएको थियो भने आज प्रतितोला एक हजार १५५ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।
सम्बन्धित













विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
Slight rise in gold and silver price
काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र
गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
प्रतिक्रिया