माधव नेपाल नेतृत्वको पार्टी बनाउन ठूलो मेहनत परेको छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाल नेतृत्वको पाटी निर्माणमा आफूहरूको मेहनत परेको बताएका छन् । उनले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी गठनमा आफूहरूले ठूलो मेहनत गरेको बताए ।
बिहीबार काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एकीकृत समाजवादी पार्टीसँग सहकार्य बढाउन समेत कार्यकर्तालाई निर्देशन दिएका थिए । ‘माधवजी, झलनाथ जीको अर्को पार्टी बनेको छ, त्यो पार्टी बनाउनमा हाम्रो कम मेहनत छैन’ उनले भने, ‘तपाईंले ती साथीहरूसँग सहज ढंगले सहकार्य गर्नु होला ।’
कार्यक्रममा बोल्दै उनले बाबुराम, मोहन वैद्य, विप्लवजस्ता नेताहरूको नेतृत्व गरेको पार्टीसँग सहकार्य गर्नसमेत काभ्रेका नेता कार्यकर्तालाई निर्देशन दिए ।
‘किरण जी विप्लव जी, मोहनबिक्रम सिंह, बाबुराम जीको पार्टीसँग अन्तर्क्रिया बढाउनु होला, हामीले केन्द्रमा सहकार्य गरिरहेका छौँ , उनले भने ।
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया