६४ जिल्लामा पालिका अधिवेशन असोज ९ गते, बाँकी अधिवेशन हेरफेर हुन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।
उनका अनुसार २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन गर्ने बैठकले निर्णय गरेका छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै जिल्लाको पालिका अधिवेशन एकैपटक गर्ने प्रस्ताव गरेका थिए । केन्द्रीय कार्य समितिले १४ औँ महाधिवेशनको आवश्यकताअनुसार विधानका प्रावधान निलम्बन गर्ने र त्यसलाई महाधिवेशनबाट अनुमोदन गरिने उनले बताए । उनले चाडै केन्द्रीय समितिको बैठकले विधानको हेरफेर गर्ने बताए ।
क्रियाशील समस्या देखिएका १३ जिल्लाको सक्रिय सदस्यतामा देखिएको विवाद समाधान भए छिटै सार्वजनिक गरिने सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । उनले हिमाली क्षेत्र र १३ जिल्लाको नगर र वडाको टुंगो दसैँअघि लगाउने र अरु जिल्लामा तिहारपछि अधिवेशन गर्ने जानकारी दिए ।
महाधिवेशन दुई महिनापछि सार्नेबारे छलफल भइरहेका बैठकामा सहभागी एक नेताले बताए । ती नेताले मंसिरमा प्रदेश अधिवेशन गरेर माघको मध्यतिर महाधिवेशन गर्ने गरी छलफल भइरहेको जानकारी दिए ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया