शनिबार, चैत २१, २०८२

एमालेमा तेस्रो धारका नेताहरूको बैठक बहिष्कार गर्ने चेतावनी

मेरोन्यूज २०७८ असोज ८ गते १५:२२
फाइल फोटो

काठमाडौँ । नेकपा एमाले एकता गर्न तयार पारेको १० बुँदे प्रस्ताव सही तवरबाट कार्यान्वयन नभएको भन्दै माधव कुमार नेपालको साथ छाडेर विभाजित भई एमालेमा बसेका नेताहरूले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् । उनीहरूले १० बुँदे एकता प्रस्तावको अक्षरशः पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट नहुँदासम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

विधान महाधिवेशनको पूर्व तयारीका लागि शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा उनीहरूले नेतृत्वलाई चेतावनी दिएका थिए । बैठकमा तीनवटा दस्तावेजमा समूहगत छलफल गर्न १० वटा समूह तयार गरिएको छ ।

तेस्रो धारको नेतृत्व गरिरहेका नेताहरूलाई उनीहरूनिकट नेताले बैठकमा सहभागी नहुन दबाब दिँदै आएका छन् । तेस्रो धारका नेता घनश्याम भुसालले समेत बैठकमा सहभागी नहुने भन्दै आफूनिकट नेताहरूलाई बताएका थिए ।

भीम रावल, भानुभक्त जोशी र झपट रावलले १० बुँदे कार्यन्वयन गरेर जेठ २ गतेको संरचनामा पार्टीलाई अगाडि बढाउनु पर्ने माग राखेका थिए । उनीहरूको मागमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुनै सुनुवाई नगरेपछि समूहमा छलफल भइरहेको छ ।

१० बुँदाको कुरा उठेपछि बैठकस्थल बाहिर उपाध्यक्षसमेत रहेका तेस्रो धारका नेता रावल र ओली निकटका सचिव प्रदीप ज्ञवालीबीच छलफल भएको छ ।

प्रतिक्रिया