चीनको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी
मेरोन्यूज
२०७८ असोज ९ गते १८:१५

काठमाडौं । कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ ।
चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो ।
कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने ७९ प्रतिशत प्रभावकारी देखिएको अधिकारीले जानकारी दिएका छन् ।
सो खोप उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन विश्व स्वास्थ्य सङ्गठनलाई बुझाउने तयारी गरेको छ । प्रतिवेदनसँगै कम्पनीले खोप प्रयोगका लागि अनुमति दिन पनि माग गर्ने भएको छ ।
खोप उत्पादक कम्पनी क्लोभरको आधिकारीक वेभसाइटमा ३० हजारभन्दा बढी बयस्कमा खोपको परीक्षण गरिएको उल्लेख छ ।
परीक्षणमा फिलिपिन्स, ब्राजिल, कोलम्बिया, दक्षिण अफ्रिका र बेल्जीयम गरी पाँच देशका ३१ क्षेत्रका नागरिक सहभागी भएको जनाइएको छ । (एजेन्सी)
सम्बन्धित
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया