आइतबार, मंसिर २८, २०८२

नयाँ नोट साट्नेको भिड (फोटोफिचर)

जुली गिरी २०७८ असोज १० गते १२:००

काठमाडौँ । दशैँका लागि नयाँ नोट साट्नेको भिड लाग्ने गरेको छ । नेपाल राष्ट्र बैंकले दशैंका लागि गत सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यालयहरुबाट नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ । सर्वसाधारणले ५, १०, २० र १०० रुपियाँ दरका नयाँ नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट साट्न पाउने छन् । राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया