एमालेमा सात उपाध्यक्ष बनाउने प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) को केन्दीय कमिटी बैठकले हाल कायम रहेको पदाधिकारी संख्या हेरफेरको प्रस्ताव अघि बढाएको छ ।
एमालेबाटै विभाजित भएको नेकपा एसले धेरै पदाधिकारी राखेको भन्दै एमाले अध्यक्ष ओलीले सार्वजनिक कार्यक्रममै नेपालको आलोचना गरेका थिए ।
शुक्रबारदेखिको बैठक आइतबार सकिएपछि बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख योगश भट्टराईले महासचिव, उपमहासचिव र सचिवको संख्या हाल रहेको कायम गर्दै सातजना उपाध्यक्षको विषय समूहगत छलफलमा उठेको बताए ।
उनका अनुसार सो विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक देखिएका छन् । अध्यक्ष ओलीले उपाध्यक्ष बढाउँदा त्यसले कमिटीमा पार्नसक्ने प्रभाव ध्यान दिनुपर्ने बताएका थिए ।
यस विषयमा फेरि छलफल गरेर ठोस धारणा बनाइने र स्थायी समिति बैठकमा थप छलफल हुने भट्टराईले बताए ।
विधान राष्ट्रिय सम्मेलनको तयारीका लागि बसेको बैठकले महाधिवेशनमा पेश गर्ने तीन प्रतिवेदन पारित गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन पास भएको छ । उनले नै विधान राष्ट्रिय महाधिवेशनमा सो प्रतिवेदन पेस गर्नेछन् ।
केन्द्रीय समिति बैठकमा महासचिव ईश्वर पोखरेलले सङ्गठन निर्माणसम्बन्धी प्रतिबेदन प्रस्तुत गरेका थिए भने उपमहासचिव विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
यही असोज १५ गते ११ बजे गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुने एमालेले जनाएको छ ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया