रेनोल्टको चाड योजना सुरु, यस्ता छन् अफरहरू

काठमाडौँ । नेपालमा रेनोल्ट गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना ‘रेनो शुभ कार–रम्भ’को शुरुवात गरेको छ ।
ट्यागलाइन ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’सँगै यो योजना दसैँ–तिहार २०७८ को पावन अवसरमा थुपै्र पाइने फाइदाको साथ आएको छ । रेनोल्ट गाडीको खरिदमा ग्राहकहरूले नगद ३ लाखसम्मको कूल फाइदा प्राप्त गर्न सक्ने छन् ।
ग्राहकहरू यस योजनाअन्तर्गत सजिलो फाइनान्स, एक वर्षको निः शुल्क सडक कर, २ वर्षको लागि निः शुल्क सर्भिसिङ्ग र ५ वर्षसम्म वारेन्टी जस्ता सेवाहरूबाट लाभान्वित हुने छन् । यी आकर्षक अफरहरू ग्राहकको खुशीका महत्वपूर्ण पल हुने छन् किनकी यसले एकातिर ग्राहकहरूलाई उत्कृष्ट लाभ प्रदान गर्दछन् भने अर्कातिर ग्राहकहरूले आफ्ना हरेक दिनलाई नयाँ रेनो कारहरूका साथ अद्भूत बनाउन सक्दछन् ।
यो उत्सवको मौसममा रेनोल्ट कारको खरिदका साथ ग्राहकहरूले आनन्द प्राप्त गर्न सक्नु हुनेछ । सदा समृद्धिसँंग आफ्नो जीवन शैलीलाई सजाउन सक्नु हुनेछ ।
यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरूमा उपलब्ध रहने छ ।










कर्मचारीले सातामा एक दिन मौलिक पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : प्रधानमन्त्री कार्की
आहा ! आलिताल
दक्षिण अफ्रिकाको बारमा गोली चल्याे, ९ जनाको मृत्यु, १० जना घाइते
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
आइतबार कति छ सुनकाे भाउ ?
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया