रेनोल्टको चाड योजना सुरु, यस्ता छन् अफरहरू

काठमाडौँ । नेपालमा रेनोल्ट गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना ‘रेनो शुभ कार–रम्भ’को शुरुवात गरेको छ ।
ट्यागलाइन ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’सँगै यो योजना दसैँ–तिहार २०७८ को पावन अवसरमा थुपै्र पाइने फाइदाको साथ आएको छ । रेनोल्ट गाडीको खरिदमा ग्राहकहरूले नगद ३ लाखसम्मको कूल फाइदा प्राप्त गर्न सक्ने छन् ।
ग्राहकहरू यस योजनाअन्तर्गत सजिलो फाइनान्स, एक वर्षको निः शुल्क सडक कर, २ वर्षको लागि निः शुल्क सर्भिसिङ्ग र ५ वर्षसम्म वारेन्टी जस्ता सेवाहरूबाट लाभान्वित हुने छन् । यी आकर्षक अफरहरू ग्राहकको खुशीका महत्वपूर्ण पल हुने छन् किनकी यसले एकातिर ग्राहकहरूलाई उत्कृष्ट लाभ प्रदान गर्दछन् भने अर्कातिर ग्राहकहरूले आफ्ना हरेक दिनलाई नयाँ रेनो कारहरूका साथ अद्भूत बनाउन सक्दछन् ।
यो उत्सवको मौसममा रेनोल्ट कारको खरिदका साथ ग्राहकहरूले आनन्द प्राप्त गर्न सक्नु हुनेछ । सदा समृद्धिसँंग आफ्नो जीवन शैलीलाई सजाउन सक्नु हुनेछ ।
यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरूमा उपलब्ध रहने छ ।
















काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया