आइतबार, चैत २२, २०८२

संविधानमा त्रुटी हुँदा राजनीतिक अस्थिरता बढ्यो : अध्यक्ष ठाकुर

मेरोन्यूज २०७८ असोज ११ गते १३:१२

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार पार्टीका महिला नेतृहरूले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक अस्थिरता रहे पनि मधेसको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको पनि जानकारी दिए ।

अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकारसमेत कटौती गरेकाले संविधान संशोधन गर्नु पर्ने अडानमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पारे । उनले भने ‘संविधान संशोधन, मधेस आन्दोलनकारी माथि लगाइएको झुठा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशिता लगायतको मुद्दामा निरन्तर सवाल उठाउँदै आइरहेका छौँ ।’

प्रतिक्रिया