सरकारले कालो धनलाई सेतो बनाउने प्रावधान ल्यायो : सांसद गुरुङ
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखेको दाबी गरेका छन् ।
सोमबार बसेको राष्ट्रियसभाको बैठक अवरोध गर्नुअघि आफ्नो दलको तर्फबाट धारणा राख्दै सांसद गुरुङले सो विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इञ्जिनियर, कानुन व्यवसायी, लेखा परीक्षक, लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्तकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्तभित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले प्रतिस्थापन विधेयकमा उल्लेखित सो प्रावधान संविधानको मर्म र भावनाविपरीत रहेको, संविधानले भूत प्रभावी कानुन बनाउन नपाउने व्यवस्था गरेकाले मान्य नहुने चेतावनी दिए ।
‘प्रतिस्थापन विधेयकको सो प्रावधान संविधान विपरीत छ, हाम्रो प्रचलित कानुनअनुसार प्रतिकूल छ, यो कुरा चाहिँ बदर हुनुपर्छ, वास्तवमा हाम्रो संविधानको भाग २० को ४ को प्रावधानले के भन्छ ? भन्दा भूत प्रभावी कानुन बनाउन पाइदैन,’ उनले भने ।
















ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया