मन्त्रिपरिषद् बैठक
अघिल्लो सरकारले ल्याएको तीन विधेयकलाई निरन्तरता
समाज कल्याण परिषदका पदाधिकारीको राजीनामा स्वीकृत

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले ल्याएका तीन विधेयकलाई सरकारले निरन्तरता दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमवार साँझ बसेको बैठकले अघिल्लो सरकारले ल्याएको तीन वटा विधेयकलाई संसदमा दर्ता गर्न स्वीकृत दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले शपथसम्बन्धी अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय, पहिलो संशोधन) अध्यादेश २०७८ लाई प्रतिस्थापन विधेयकमार्फतअघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यस्तै, बैठकले सरकारले समाज कल्याण परिषदका पदाधिकारीको राजीनामा स्वीकृत गरेको छ ।
परिषदका उपाध्यक्ष पद्मप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खाती र सदस्यहरू मणिराम वन्जाडे, गोविन्द शाही, नानीमाया थापा, ब्रम्हध्वोज गुरुङ र सुशील ज्ञवालीले शुक्रबार राजीनामा दिएका थिए ।
सरकारले विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने पनि निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।
यस्तै, मन्त्रिपरिषदले विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको अध्यक्ष नियुक्त गरेको छ ।












आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया