मन्त्रिपरिषद् बैठक
अघिल्लो सरकारले ल्याएको तीन विधेयकलाई निरन्तरता
समाज कल्याण परिषदका पदाधिकारीको राजीनामा स्वीकृत

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले ल्याएका तीन विधेयकलाई सरकारले निरन्तरता दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमवार साँझ बसेको बैठकले अघिल्लो सरकारले ल्याएको तीन वटा विधेयकलाई संसदमा दर्ता गर्न स्वीकृत दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले शपथसम्बन्धी अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय, पहिलो संशोधन) अध्यादेश २०७८ लाई प्रतिस्थापन विधेयकमार्फतअघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यस्तै, बैठकले सरकारले समाज कल्याण परिषदका पदाधिकारीको राजीनामा स्वीकृत गरेको छ ।
परिषदका उपाध्यक्ष पद्मप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खाती र सदस्यहरू मणिराम वन्जाडे, गोविन्द शाही, नानीमाया थापा, ब्रम्हध्वोज गुरुङ र सुशील ज्ञवालीले शुक्रबार राजीनामा दिएका थिए ।
सरकारले विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने पनि निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।
यस्तै, मन्त्रिपरिषदले विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको अध्यक्ष नियुक्त गरेको छ ।
















गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया