१४७ ग्राम ब्राउनसुगर र नगदसहित युवा पक्राउ

बनियानी । झापाको बिर्तामोड नगरपालिकाबाट ठूलो परिमाणमा ब्राउनसुगर र नगदसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका बिर्तामोड–१ स्थित पञ्चकन्या प्लटिङबाट जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले कनकाई नगरपालिका–९ का टेकराज साह र सोही स्थानका २४ वर्षीय विकास मर्डीलाई १४७ ग्राम ब्राउनसुगर र दुई लाख ६९ हजार ३०० सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
सुरुमा प्रहरी टोलीले जाँच गर्दा साहको साथबाट ०.५ मिलीग्राम र मर्डीको साथबाट चार ग्राम पाँच मिलीग्राम ब्राउनसुगर बरामद भएको थियो । सोधपुछ गर्दा मर्डीको बिर्तामोड–१ स्थितमा डेरा कोठामा जाँच गर्दा थप १४२ ग्राम ३७ मिलीग्राम ब्राउनसुगर, नगद रु दुई लाख ६९ हजार ३००, एक थान डिजिटल तराजु, एक थान क्यानोनको डिजिटल क्यामेरा र उनले चलाउँदै आएको प्र१–०१–०१२प ९५४५ नंको एफजेड मोटरसाइकलसमेत बरामद गरिएको प्रवक्ता थापाले बताए ।
पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि इप्रका अनारमनी राखिएको छ भने झापा अदालतबाट म्याद थपको अनुमति लिएर कानूनी प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया