मेयरलाई मुक्का हान्ने युवा धरौटीमा छुटे
मेरोन्यूज
२०७८ असोज १२ गते १६:३४

बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवा धरौटीमा छाडिएका छन् ।
मेयर सुवेदीलाई मुम्का प्रहार गरेका गणेश पंगेनी पक्राउ परेको एक हप्तापछि धरौटीमा छाडिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट उनी ५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।
इलाका प्रहरी कार्यालय बुटवलबाट पेश हुन आएको अमर्यादित व्यवहारको मुद्दा हेरेपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले धरौटीमा छाडेका हुन् । उनी बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसका एमाले अखिल निकट विद्यार्थी हुन् ।
पंगेनीले भदौ ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकनका गर्न गएकाबेला मेयर सुवेदीप्रति असन्तुष्टी जनाउँदै मुक्का प्रहर गरेका थिए ।
सोही दिन साँझ पक्राउ परेका उनलाई सार्वजनिक मुद्दाअन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरेको थियो ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया