सम्पादकहरूलाई ओलीको व्यङ्ग्य : अध्यादेश गलत भयो भनेर लेख्नुभयाे हाेला

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद छलेर अध्यादेश ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार सम्पादकहरूसँगको भेट वार्तामा उनले अहिलेको सरकारलाई खबरदारी नपुगेको भन्दै पत्रकारहरूलाई खबरदारी गर्न आग्रह गरे ।
संसदको मर्मअनुसार आफूले संसद चलिरहेका बेला अध्यादेश ल्याउँदा विरोध भएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरेका थिए । ‘त्यही उद्देश्यका साथ संसद बन्द गरेर मध्य रातमा अध्यादेश निकाल्ने काम भयो,’ ओलीले व्यङ्ग्य गरे, ‘यसको गलत भयो भनेर सम्पादक साथीहरूले लेख्नु नै भयो होला ।’
पार्टीको विधान महाधिवेशन तथा दशौं महाधिवेशनका बारेमा छोटो कुरा राखेका ओलीले लोकतन्त्रको रक्षाका बारेमा अलि व्याख्या गरेका थिए । अधिवेशनले देशका समस्या, जनताका समस्या, राष्ट्रियताको समस्या, भौगोलिक अखण्डता, राष्ट्रिय हितहरूको सम्वद्र्धन गर्ने कुरा तथा लोकतन्त्रलाई अझ संस्थागत गर्न सक्ने र देश र जनताका हितमा कार्यान्वय गर्ने बारेमा तय गर्ने ओलीले बताए ।
उनले एमाले पार्टी खोल्नका लागि मात्रै नभएको बताएका थिए ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया