मंगलबार, पुष १, २०८२

सरकारी कार्यालय सरह बेरुजु असूल नभएकाको विवरण सार्वजनिक (सूचिसहित)

मेरोन्यूज २०७८ असोज १३ गते १५:२६

काठमाडौँ । सरकारी कार्यालय सरह बेरुजु तिर्नुपर्ने व्यक्ति, फर्म र संस्थाले समयमा बरुजु नतिरेको पाएको छ ।

कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले सार्वजनिक गरेको तथांकअनुसार २०७८ अषाढ मसान्तसमम बेरुजु असुल गरिसक्नुपर्नेमा असुल गर्न नसकेको भन्दै पुन: ताकेता गरिएकाे छ ।

महालेखा परीक्षणको कार्यालयले सरकारी कार्यालयहरुको स्रेस्ता लेखापरीक्षणका क्रममा असुल उपर गर्नुपर्ने बेरुजु औल्याएको र प्रचलित कानून बमोजिम सरकारी बाँकी सरह असुल गर्नुपर्ने व्यवस्था रहेको छ ।

तर, उक्त व्यवस्था अनुसार असुल गर्न प्रयास गर्दा पनि असुल गर्न नसकेका विभिन्न व्यक्ति, फर्म र संस्थाको कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयमा असूल गर्न प्राप्त भएको विवरण सार्वजनिक गरिएको हो । कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले बेरुजु असुल गर्न बाँकी ६३ व्यक्ति, फर्म र संस्थाको नाम सार्वजनिक गरेको छ ।

६३ वटा फर्महरुमा एउटै कम्पनीबाट ८१ करोड बढी बेरुजु देखिएको छ ।

क्यासिनो रोयल्टी बक्यौता वेरुजुबापतको रकमदेखि विभिन्न सरकारी परियोजनाको बेरुजु रकम तिर्न बाँकी रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

भारतीय नागरिक राकेश राधवाको नेपाल रिक्रियएशन सेन्टर प्रालि कम्पनीको क्यासिनो रोयल्टी बक्यौता रकम मात्रै ८१ करोड ६३ लाख बढी रहेको छ ।

प्रतिक्रिया