प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता : सपथ कानुनबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा मनित्रपरिषद् विस्तारका विषयमा केन्द्रीत रहेर कुराकानी भएको वताइएकाे छ । प्रधानमन्त्रीसँग भेटपछि अहिले नै माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्दैछ ।
मन्त्रीहरुको सम्भावित नाम र अखिल क्रानितकारीको सम्मेलन र नेतृत्वका विषयमा स्थायी कमिटी बैठकमा छलफल हुने बताइएको छ ।
तर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारमा पनि सपथ ग्रहण सम्वन्धि कानुनका विषयमा केन्द्रीत रहेर कुराकानी भएको बताइएको छ । परराष्ट्रमन्त्री नारायण खडकाले खाएको सपथ नमिलेको भन्दै सर्वाेच्चमा रिट परेको अब स्थामा प्रचण्ड र प्रधानमन्त्रीबीच त्यस विषयमा समेत कुराकानी भएको हो ।
अधिवक्ता विशाल न्यौपानले संविधान बमोजिम कानुन नबनेको भन्दै कानुन नबनाई कसैले मन्त्रीको हैसियतमा सपथ नगर्न–नगराउन अन्तरिम आदेशको माग गदै सर्वाेच्चमा रिट हालेका थिए । यस विषयमा पनि दुई नेताबीच छलफल भएको हो ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया