आमा बन्दैछिन् नायिका शर्मा

काठमाडौं । नायिका रञ्जना शर्मा पहिलो पटक आमा बन्ने भएकी छन् । गत वर्षको चैत्र २५ गते अमेरिकामा प्रेमी निकेश सिलवालसँग दोस्रो विवाह गरेकी उनले बुधवार सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् ।
उनले ‘बेबी बम्प’ सहितको तस्विर सार्वजनिक गरेकी छन् । कोरोनाका कारण रञ्जना र निकेशले अनलाइनको माध्यमबाटै कानुनी विवाह गरेका थिए ।
२००६ मा रञ्जनाको पहिलो विवाह निर्देशक श्याम भट्टराईसँग भएको थियो । तर, उनी अमेरिका गएपछि श्यामसँग सम्बन्ध विग्रियो । त्यसपछि अलग–अलग बस्दै आएका उनीहरुको ३ वर्ष अगाडि मात्र सम्बन्ध विक्षेद भएको हो ।
डिभोर्स अगावैदेखि निकेशको प्रेममा रहेकी रञ्जनाले अमेरिकामा बसोबास गर्ने आफन्त र चिनजानका फिल्मकर्मीको उपस्थितिमा गत वर्ष विवाह गरेकी हुन् ।
‘गहना’ टेलिसिरियलबाट अभिनय करिअर सुरु गरेकी रञ्जनाले ‘कन्यादान, सलाम छ मायालाई, बिरताको चिनो, मर्यादा, मौसम, बदमास’ लगायतका नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।
चलचित्रमा राम्रो माग हुँदा हुँदै एक दशक अगाडि अमेरिका हानिएकी उनले त्यसपछि अभिनयलाई निरन्तरता दिएकी छैनन् । चलचित्र ‘मौसम’ ले उनलाई दर्शकमा चिनाएको थियो ।













यी हुन कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्तामा नमिलेका विषय
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया