आमा बन्दैछिन् नायिका शर्मा

काठमाडौं । नायिका रञ्जना शर्मा पहिलो पटक आमा बन्ने भएकी छन् । गत वर्षको चैत्र २५ गते अमेरिकामा प्रेमी निकेश सिलवालसँग दोस्रो विवाह गरेकी उनले बुधवार सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् ।
उनले ‘बेबी बम्प’ सहितको तस्विर सार्वजनिक गरेकी छन् । कोरोनाका कारण रञ्जना र निकेशले अनलाइनको माध्यमबाटै कानुनी विवाह गरेका थिए ।
२००६ मा रञ्जनाको पहिलो विवाह निर्देशक श्याम भट्टराईसँग भएको थियो । तर, उनी अमेरिका गएपछि श्यामसँग सम्बन्ध विग्रियो । त्यसपछि अलग–अलग बस्दै आएका उनीहरुको ३ वर्ष अगाडि मात्र सम्बन्ध विक्षेद भएको हो ।
डिभोर्स अगावैदेखि निकेशको प्रेममा रहेकी रञ्जनाले अमेरिकामा बसोबास गर्ने आफन्त र चिनजानका फिल्मकर्मीको उपस्थितिमा गत वर्ष विवाह गरेकी हुन् ।
‘गहना’ टेलिसिरियलबाट अभिनय करिअर सुरु गरेकी रञ्जनाले ‘कन्यादान, सलाम छ मायालाई, बिरताको चिनो, मर्यादा, मौसम, बदमास’ लगायतका नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।
चलचित्रमा राम्रो माग हुँदा हुँदै एक दशक अगाडि अमेरिका हानिएकी उनले त्यसपछि अभिनयलाई निरन्तरता दिएकी छैनन् । चलचित्र ‘मौसम’ ले उनलाई दर्शकमा चिनाएको थियो ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया