बिहीबार, जेठ १, २०८२

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

प्रमुख प्रतिपक्षी दल एमाले संसदको अवरोध फुकाउन लचक नभए जारी संसदको अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

मेरोन्यूज २०७८ असोज १३ गते १९:५१

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । भोलि विहिवार प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत भदौं २३ गते यता जारी संसदको बैठक निरन्तर अवरुद्ध गर्न थालेपछि यसवीचमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफलका लागि कानुनमन्त्री ज्ञानेन्द्रवहादुर खड्कालाई तीन पटक भन्दा वढी समय बालकोट नै पठाएर छलफल गराएका थिए ।

तर पनि एमाले सहमतिमा नआएपछि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । विहिवार विहान १० बजे उनले सर्वदलीय बैठक बोलाएका हुन् ।

एमालेले आफुले कारवाही गरी पदमुक्त गर्न सिफारिस गरेको पत्रलाई सभामुखले वैधानिकता नदिई प्रक्रियामै नलगी एमाले विभाजनको मतियार बनेको आरोप लगाउँदै सदनमा अवरोध गदै आईरहेको छ ।

माधव नेपाल लगायत १४ सांसदलाई आफुहरुले कारवाही गर्न सिफारिस गर्दा पनि सभामुखले पूर्वाग्रह राखी कारवाही नगरेकोले सभामुखको भूमिका निश्पक्ष हुन नसकेको आरोप एमालेले लगाउँदै आएको छ । जसकाकारण उसले निरन्तर सदनमा अवरोध गदै आएको छ ।

यस विषयमा थप छलफल गर्न प्रधानमन्त्रीले संसदमा प्रतिनिधत्व गर्ने सवै दलका शीर्ष नेताहरुलाई विहिवार बालुवाटारमा बोलाएर सर्वदलीय बैठक आह्रवान गरेका हुन् ।

वुधबार दिउँसो प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँगको छलफल पछि एमाले सहित सवै दललाई निम्तो पठाएर सर्वदलीय वैठक बोलाएको वालुवाटार स्रोतले बताएको छ ।

एमालेले संसद अवरोध गरिरहे अधिवेशन अन्त्य गर्ने

सर्वदलीय बैठकमा निम्तो गरेपनि एमाले सहभागी हुने नहुने अन्यौल नै छ । यदि एमाले सर्वदलीय बैठकमै नआउने र आएपनि संसदको जारी गतिरोध फुकाउने विषयमा सहमतिमा नआए सरकारले संसदको जारी अधिवेशन अन्त्य गर्ने तिर पनि सोच बनाएको छ ।

‘सकभर एमालेलाई सर्वदलीय बैठकमा निम्ताएर संसदको अवरोध फुकाउन सहमत गराउने गरी प्रधानमन्त्रीले सोचिरहनुभएको छ, यदि एमाले सहमतिमै नआएमा संसदको जारी अधिवेशन नै अन्त्य गर्ने तिर प्रधानमन्त्रीले सोचिरहनु भएको छ । एमाले सहमतिमा आएन भने सम्भवत संसदको अधिवेशन अन्त्य गर्नेतिर सरकार जान्छ होला,’ वालुवाटार स्रोतले मेरोन्यूजलाई बताएको छ ।

प्रतिक्रिया