प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले अवरोध कायमै राख्ने
मेरोन्यूज
२०७८ असोज १४ गते ७:३७

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहीबार अपरान्ह १ बजे बस्ने भएको हो । भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधि सभाको जारी अधिवेशनमा एमालेले लगातर अवरोध गर्दै आएको छ ।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा अवरोध अन्त्य गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले सर्वदलिए बैठक बोलाएका छन् । बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुने बताइएको छ । यदी संसद् अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष नेकपा एमाले सहमति नभए सरकारले आजैबाट प्रतिनिधि सभाको चालू अधिवेशन अन्त्य गर्ने जनाइएको छ ।
तर, एमालेले संसद् बैठक अवरोध गर्ने जनाइएको छ । एमाले सचेतका शान्ता चौधरीले प्रतिनिधि सभाको बैठकमा अवरो जारी रहने बताइन् । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया