प्रतिनिधि सभा बैठक १९ गतेसम्म स्थगित
मेरोन्यूज
२०७८ असोज १४ गते १३:२४

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले अवरोध कायमै राखेको छ । बिहीबार सुरु भएको बैठकमा एमालेले संसद् बैठक अवरोध कायमै राखेको हो ।
एमालेको अवरोध र नाराबाजीको बीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति दल विभाजन सम्बन्धिको अध्यादेश खारेज गरेको पढेर सुनाएका थिए । यस्तै सभामुख सापकोटाले राष्ट्र ऋण उठाउने र आर्थिक विधेयक प्रमाणीकरण गरेको पढेर सुनाएका थिए ।
आज बसेको प्रतिनिधि सभा यही असोज १९ गतेसम्मका लागि स्थगित भएको छ । भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठकमा एमालेले अवरोध गदै आएको छ । संसद्को अवरोध हटाउन प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमालेले बहिष्कार गरेको थियो ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया